काठमाडौं- भारतका प्रख्यात गीतकार समीर अञ्जानलाई आज काठमाडौंमा भव्य अभिनन्दन गरिएको छ।
गीतकार संघ नेपाल र लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा संयुक्त रूपमा शनिवार अपरान्ह आयोजित समारोहमा भारतका गीतकार अञ्जानलाई अभिनन्दन गरिएको हो।
बलिउड सिनेमाका लागि करिब ६ हजार गीत लेखिसकेका गीतकार अञ्जानको पहिलो नेपाल भ्रमणका क्रममा सम्मान गरिएको हो। समारोहमा गीतकार वसन्त चौधरीले अञ्जानले हिन्दी सिनेमा र साहित्यमा दिएको योगंदानको चर्चा गरे।
समारोहमा नेपालका गीतकार, संगीतकार र साहित्यकारहरूको उल्लेख्य उपस्थिति थियो। गीतकार एसपी कोइराला, राजेन्द्र थापा, रमण घिमिरे, करुण थापा, भोला रिजाल, संगीतकार दीपक जंगम, शम्भुजित बाँस्कोटा, राजु सिंह, लक्ष्मण शेष, साहित्यकार उषा शेरचनलगायत उपस्थित थिए।
गीतकार अञ्जानले हालसम्म करिब ४०० बलिउड सिनेमाका लागि गीत लेखिसकेका छन्। त्यसका लागि उनी गिनिस बुक वर्ल्ड रेकर्डबाट पनि समानित भइसकेका छन्। उनले हिट चलचित्रहरू आशिकी, बडे मिया छोटे मिया, राजा हिन्दुस्तानी, कुछ कुछ होता है, क्रिस, धुमलगायत सिनेमाका सबै उनले लेखेका हुन्। र, प्रतिष्ठित फिल्मफेयर अवार्डबाट पनि सम्मानित भइसकेका छन्।
तस्बिरहरू : विकास रौनियार



