मेष- अस्वस्थताका बावजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्त्वपूर्ण समय बित्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। हुलमुलमा धनमाल हराउन सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला। मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ।
वृष- समयमा होशियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मिहिनेतअनुसार फाइदा कमै होला। सुख, दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ। पहिलेका समस्या दोहोरिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ।
मिथुन- आज नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ। व्यापार व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। मिहिनेत गर्दा राम्रै उपलब्धी हातलागी हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ।
कर्कट- ठूलो प्रयत्न गर्दा पनि उपलब्धी प्राप्त गर्न मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। आलश्य गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ।
सिंह- मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला। भौतिक साधनको क्षतिले रुपैयाँ-पैसाको हानी हुने देखिन्छ। अरूका काममा समय बित्न सक्छ। उपलब्धी प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला।
कन्या- परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सदविचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ।
तुला- भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। नयाँ काममा हात हाल्ने समय छ। सोखले खर्च बढाउन सक्छ। प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ।

वृश्चिक- लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ।
धनु- कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। स्वास्थ्य समस्याले सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। प्रयत्न गर्दागर्दै पनि सफलता हात नलाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ।
मकर- व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। समयमा होशियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मिहिनेतअनुसार फाइदा कमै होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा-मामिलामा पनि विजयी भइनेछ।
कुम्भ- आम्दानी तथा आयआर्जनका स्रोतसमेत बढ्ने समय छ। व्यापारमा मनग्य फाइदा हुनेछ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ।
मीन- आँटेका काम तत्काल सम्पादन हुनेछन्। पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मानसमेत पाइएला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।