काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा चियापान समारोह आयोजना गरेको छ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी भए। यस्तै, विदेशी कूटनीतिक नियोगका नेपालस्थित प्रमुखहरू पनि सहभागी भए। एमाले अध्यक्ष केपी ओलीले समारोह आयोजना गरेका हुन्।
समारोहमा आमन्त्रित अतिथिहरूलाई एमाले अध्यक्ष ओलीलगायत नेताहरूले स्वागत गरेका थिए। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, एकीकृत समाजवादीका सम्माननित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सीका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापानमा सहभागी थिए।
एमालेले पार्टी कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो।









