भ्रष्टाचारको अन्तर्राष्ट्रिय सम्मेलनमा
दौरा सुरुवालमा सजिएका
नेपाली भ्रष्टाचारको
तुजुकै हेर्न लायक थियो
मनोबल उच्च थियो
Advertisement
सबैको आकर्षणको केन्द्र बनेका थिए
हाम्रा भ्रष्टाचार
भ्रष्टाचार अधिकार बनेको छ
सबैको चोचोमोचो मिलेको छ
नयाँ मापदण्ड स्थापित भएका छन्
नीति, कानून त्यहीअनुसार
बनाइएका छन्
छाती चौडा गरी भ्रष्टाचारले
सम्बोधन गर्दा
सबै अचम्म मानी सुनिरहेका थिए
दाइ, भाउजू, साला, साली
सासु, ससुरा, ज्वाइँ, भाइ सबैलाई
मेरै भरथेग छ
म यहाँ आएँ सबैमा छट्पटी होला
कमाउने बाटो पनि बन्द भयो होला
छिट्टै आफ्नो अनुभव साटी
र केही सिकी
आफ्नो देश फिर्ता जानेछु
सिकेका अनुभव पनि हाम्रा
मित्रहरूलाई सिकाउने छु
र भ्रष्टाचारको
नयाँ मापदण्ड स्थापित गर्न
थप सहयोग पुर्याउने छु
जय होस्