दाङ– दाङमा खुकुरी प्रहार गरि एक महिलाको हत्या भएकाे छ।
Advertisement
तुलसीपुर-११ की अन्दाजी ४३ वर्षिया रिता लामिछानेमाथि साेही ठाउँका करिव ३९ वर्षीय टेक बहादुर हमालले घाटीमा खुकुरी प्रहार गरि हत्या गरेकाे प्रहरीले बताएकाे छ।
शनिबार दिउसो साढे २ बजेतिर घरबाटै खुकुरी बाेकेर आएका हमालले लामिछानेलाई उनकै घर अगाडि प्रहार गरेका थिए।
उनकाे खुकुरी प्रहारबाट सोही ठाउँका अन्दाजी ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीया कमला कुमारी हमाल पनि घाइते भएका छन्। दुवैको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहार गरि घरभित्र लुकेर बसेका टेक बहादुरलाई खुकुरी सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे प्रहरीले बताएकाे छ।