• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

ओसाकामा नेपालीसँगै जापानीलाई नचायो नेपथ्यले


    Avatar photo
शनिबार, भदौ ०२, २०८० मा प्रकाशित

ओसाका- आर्थिक महानगर ओसाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको छ। अघिल्ला दुई शहरहरू टोकियो र फुकुओकाजस्तै ओसाकामा पनि नेपथ्य प्रस्तुतीलाई भव्य दर्शक उपस्थितिले साथ दिएको थियो।

Advertisement

‘यो शहरमा आजसम्म पाँच–छ सयभन्दा बढी नेपालीहरूको जमघट भएको रेकर्ड छैन,’ आयोजक टोलीका सबिन थकाली भन्छन्, ‘१७ सय दर्शकहरू एकैपटक कन्सर्ट हेर्नका निम्ति उपस्थित भएको यो नै आजसम्मकै सबैभन्दा ठूलो नेपाली भेला बन्नपुग्यो।’

ओसाकाको ‘नाम्बा ह्याच सभागृह’का ढोकाहरू बेलुकी ठीक साढे पाँच बजे खुला गर्नासाथ दर्शकको उल्लेख्य उपस्थिति शुरु भइसकेको थियो। त्यसको ठ्याक्कै एक घण्टामा सो शुरु भयो। गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले मञ्च प्रवेश गर्नासाथ पहिलो गीत ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो।

कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले उपस्थित सबैलाई घरि नेपाल पुगेका बेला डाँडा–काँडाको यात्रा गर्न प्रेरित गरेका थिए भने घरि नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए। ‘यो जिन्दगानी’ गीत प्रस्तुत गर्नुअघि उनले हाम्रो समाज परम्परादेखि परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आव्हान पनि गरे।

एक वर्षयता नेपथ्यले सडक आश्रित मानवहरूका निम्ति खाना र बसोबासमा समर्पित मानवसेवा आश्रमसँग सहकार्य गर्दै आएको छ। ‘मानवताको लागि संगीत’ नाम दिएर शुरुभएको त्यो अभियानले नै जापान यात्रामा पनि निरन्तरता पाएको हो।

कन्सर्ट हेर्नका निम्ति ओसाका मात्र नभई पर–परसम्मका दर्शक उपस्थित भएका थिए। स्थानीय आयोजकहरूका अनुसार नागोया शहरबाट पनि उल्लेख्य दर्शक आइपुगेका थिए।

यस्ता दर्शकमा नेपाली मात्र नभई जापानी अनुहार पनि देखिन्थे। तिनैमध्येका एक थिए रियोसुके इमानिसी। रियोसुकेको परिवारसँग नेपाली समाजको पुरानो साइनो छ। सबैभन्दा पहिले त हाम्रो मुलुकमा रहेको विश्वकै सर्वोच्च शिखरमध्ये पर्ने मनास्लु हिमालमा रियोसुकेका हजुरबुवा तोशियो इमानिसीले नै सबैभन्दा पहिलो मानव पाइला टेकेको रेकर्ड छ।

‘मलाई नेपालै पुगेजस्तो महशुस भयो,’ परिवारका साथ आएर कन्सर्ट हेरिसकेपछि रियोसुकेले भने, ‘यस्तो अवसर जुराइदिएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु।’

नेपथ्यको प्रस्तुतीमा विशेष गरेर पर्दामा देखाइने नेपालका दृश्यहरू र गायकका बीच मिलेको तालमेलले आफूलाई सर्वाधिक प्रभाव पारेको उनले उल्लेख गरे।

‘जापान आइपुगेको नेपालको नयाँ पुस्ता नेपथ्यकै कारण खुशीले रोइरहेको चिच्याइरहेको दृश्य देख्न पाइयो,’ रियोसुकेले थपे, ‘नेपालीहरूको यो उत्साहलाई सलाम गर्न चाहन्छु।’

दर्शकमध्येकै एक थिए नागोयाबाट आएका उज्ज्वल गुरागाइँ। ‘गीत संगीत त छँदैछ,’ उज्ज्वल भनिरहेका थिए, ‘ठ्याक्क समयमा शुरु हुने यत्तिको व्यवस्थित नेपाली कार्यक्रम अरू बेला अनुभव गर्न नपाइने भएकाले पनि नेपथ्य कन्सर्ट छुटाउन मन लाग्दैन।’

दुइवटा म्यूजिक भिडियो र १६ वटा गीत प्रस्तुत गरिएको कन्सर्ट दुई घण्टासम्म निरन्तर चलेको थियो। अन्तिममा पुग्नैलाग्दा ‘गाउँ गाउँबाट उठ’ गीतले जताततै उफार्न थालेको दर्शक ‘रेशम’ र ‘तालको पानी’ सम्म आइपुग्दा चरम उत्तेजनामा पुगिसकेका थिए। त्यो उर्जालाई बिहीबार बेलुकीकै अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ले थप अघि बढाएको थियो।

कार्यक्रममा अमृतलाई ध्रुव लामा (ड्रमसेट), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल)ले सघाएका थिए।

ओसाकामा श्रृंखलाको अन्तिम कन्सर्ट सम्पन्न भएसँगै नेपथ्यको जापान यात्राले यो वर्षका लागि विश्राम लिएको छ। ‘यो वर्षदेखि हामीले जापानमा पनि श्रृंखलावद्ध कन्सर्टको थालनी गरेका छौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘जापानका दर्शकहरूले तीनवटै कन्सर्टमा देखाएको हौसलाबाट आगामी दिनका लागि हामी थप उत्साही बनेका छौं।’

जापान यात्रा सम्पन्न भएसँगै १४ सदस्यीय नेपथ्य टोली अब नेपाल फर्कने तयारीमा जुटेको छ।

शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

भर्खरै

  • १.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • २.
    सुनचाँदीको मूल्य घट्यो

  • ३.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ४.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ५.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ६.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ७.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ८.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.