काठमाडौं– मकवानपुर र कञ्चनपुरमा करेन्ट लागेर दुई जनाकाे मृत्यु भएकाे छ।
Advertisement
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-३ लेवट जम्मु बस्ने ३२ वर्षीय अशोक स्याङतानको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हाे। सोही ठाउँस्थित खेतमा पानी लगाउने क्रममा पानी तान्ने मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएकाे छ।
त्यस्तै कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१० पशुपती टोल बस्ने ४० वर्षीय दिनेश ओडको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ। सोही नगरपालिका-५ स्थित रोड छेउमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।