• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

टोकियोमा नेपथ्यः नेपालीसँगै झुमायाे जापानी


बिहिबार, साउन २५, २०८० मा प्रकाशित

टोकियो– ‘कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर
आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरन हौ हजुर’
याे स्वदेश सम्झाउने नेपथ्यकाे गीतको भाव र रक कन्सर्टको उच्च तरंगले जापानको राजधानीस्थित तोयोसु पिट हलमा तीन हजारभन्दा बढी दर्शकमाझ हलचल मच्चायाे।

Advertisement

त्यो क्रमलाई ‘भेँडाको ऊनजस्तो’ले झनै तीब्रता दियो। त्यसपछि आफ्नो सर्वकालीक हिट गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउन्जेल ब्याण्डले माहोलमा पूर्णरुपमा आफ्नाे कब्जामा लिइसकेकाे थियाे।

त्यसपछि अमृतले एकैछिन दर्शकसँग संवाद गरे। ‘यो तीन दशकभन्दा लामो यात्रामा तपाइँहरुको नेपथ्य ब्याण्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगत सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरुबीच साँगीतिकदेखि लिएर मिलन विछोडसम्मका अनेक यादहरु छन्।’

यसरी ब्याण्डका पुराना सदस्यहरुलाई एकपटक सम्झेर भावुक भएपछि लगत्तै अमृतले नेपथ्यकै सबैभन्दा पहिलो गीत सुनाए ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है…’ अमृतले यो गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरुको तस्बिर देखाइएको थियो।

कार्यक्रममा अध्ययन, रोजगारी वा बसोबासका निम्ति गएका नेपालीहरुको उपस्थितीसँगै केहि जापानी अनुहार पनि देखिन्थे। तिनैमध्ये टोकियोमै रेष्टुरेन्ट व्यावसाय चलाउँदै आएका नारुओ पनि थिए। ‘मैले एउटा बेग्लै र गजबको साँगीतिक साँझ अनुभूति गरेँ,’ नारुओ भन्दै थिए, ‘शब्द बुझ्न नसकेता पनि त्यसका भाव र संकेतहरु ठम्याउँदै रमाउन सकिने संगीत थियो।’
उनले कन्सर्ट अवधिभर आफूलाई समुद्रका छालहरुसँगै बगिरहेको जस्तो महशुस भएको पनि सुनाए।

नेपाल पुगेका एक साथीले दिएको सुझावका आधारमा यो कन्सर्ट हेर्न आएको बताउने नारुओले आजसम्म आफु भने नेपाल घुम्न नपाए पनि यो कन्सर्ट हेरेपछि आफुमा घुम्न जाने अठोट भरिएको बताए।

कार्यक्रमको मध्यतिर ‘यो जिन्दगानी’ गीत सुनाउनु अघि अमृत फेरि बोल्न तम्सिए। त्यतिबेला उनले साँगीतिक मात्र नभइ सामाजिक भूमिकामा पनि आफूलाई प्रस्तुत गर्दैआएको नेपथ्यका बारे ब्याख्या गरे। ‘समाजले बेहोर्नु परेका अनेक चूनौतिहरुकै क्षण हामीले आफ्नो भूमिका पनि फराकिलो पार्दैआएका छौं,’ उनले भने, ‘वालवालिका, शिक्षण संस्था, द्वन्द्वकालीन समाजका लागि समर्पित हुदै आएका हामीले पछिल्लो समय भने मानवताका पक्षमा आफूलाई उभ्याएका छौं।’

बितेको एक वर्षदेखि मानव सेवा आश्रमसँग मिलेर ‘मानवताको लागि संगीत’ अभियान सुरुभएकोमा अहिले जापानको यात्रा पनि त्यसैको निरन्तरता रहेको उनले बताए। ‘नेपालमा हिजोआज सडकमा आश्रित मानिसहरुको संख्यामा निकै कमी आएको छ,’ अमृतले भने, ‘जसका कोहि हुदैनन् उसैको पक्षमा उभिँदै हामी पनि तपाइहरुसम्म आइपुगेका छौं।’

कन्सर्टमा सोह्रवटा गीत र दुइवटा म्यूजिक भिडियो देखाएर दुई घन्टाभन्दा बढी अवधि चलेको थियो। सधैँ झैँ अन्तिम लहरतिर प्रस्तुत हुने क्रमशः ‘मै नाचे छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुदै अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ सम्म आइपुग्दा हलभरिका दर्शकहरु सबै‌ नृत्यमा झुमेमा देखिन्थे।

‘टोकियोमा सप्ताहान्त बाहेकका दिन दर्शक जुटाउनै मुश्किल होला भन्ने लागिरहेको बेला मंगलबार आयोजित कार्यक्रम पनि भब्य र सभ्य रुपमा सम्पन्न भयो,’ स्थानीय आयोजक टोलीका सुभाष लामिछानेले भने, ‘यो उपस्थिती देखेर सबै अचम्म मानिरहेका छौं।’ कन्सर्ट हेर्नका लागि परको जापानी सहर होकाइडो मात्र नभइ दक्षिण कोरियादेखि पनि दर्शकहरु आएका उनले बताए।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो । पछिल्लोपटक भने पाँच वर्षअघि त्यहाँको प्रसिद्ध टोकियो डोममा ब्याण्डले लोकरक सुनाएको थियो। मंगलबार बेलुकीको कार्यक्रममा अमृतलाई ध्रुव लामा (ड्रमसेट), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल) ले सघाएका थिए।

यसअघि जापानको तीनवटा सहरमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजना अनुरुप दुइ दिनअघि यहाँ आइपुगेको १४ सदस्यीय नेपथ्य टोलीलाई नारिता विमानस्थलमा स्थानीय आयोजकहरुले स्वागत गरेका थिए।

टोकियो कन्सर्ट सम्पन्न भएसँगै अब आगामी प्रस्तुती फुकुओका सहरमा हुनेछ। २७ साउन (१२ अगस्त)का दिन त्यहाँस्थित ‘फुकुओका सिभिल हल’मा नेपथ्य गुञ्जनेछ।

बिहिबार, साउन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण
राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

भर्खरै

  • १.
    लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

  • २.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ३.
    मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

  • ६.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ८.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.