• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

अभिनय निखार्दै कलाकारिताको नयाँ पुस्ता


आइतबार, साउन २१, २०८० मा प्रकाशित

काठमाडौं- कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कलाकारले गरिरहेको मिहिनेतको चर्चा हुन थालेको छ।

Advertisement

बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाँच्न थालेका छन्। ‘डिजिटल प्लेटफर्म’हरूको लोकप्रियता बढेसँगै आफूले वहन गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीय बासिन्दासँग घुलमिल हुने, अध्ययन गर्ने शैली अधिकांश नयाँ पिँढीका कलाकारमा देखिन थालेको छ।

प्रायः चलचित्रमा अभिनय उस्तै भएपछि ‘टाइप कास्ट’को आरोप खेपिरहेका नयाँपुस्ताका कलाकार भने मिहिनेती देखिने गरेका छन्। रंगमञ्च हुँदै चलचित्रको पर्दामा देखिएका कलाकार सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, प्रमोद अग्रहरीलगायतले आफ्नो चरित्र निर्माणमा गरेको मिहिनेत नयाँ पुस्ताले अनुसरण गर्न थालेको छ।

यद्यपि, उल्लेखित नामलाई बढी व्यावसायिक बनिरहेको आरोप पनि लाग्ने गरेको छ। गत वर्ष प्रदर्शन भएका चलचित्र ‘छड्के २’ मा अभिनेता अनमोल केसी ग्याङगस्टर र ‘प्रकाश’ मा अभिनेता प्रदीप खड्का जुम्लाको गाउँले भूमिकामा देखिए। नेपाली चलचित्रमा सर्वाधिक खोजिने दुई युवापुस्ताका अभिनेताले आफ्नो भूमिकामार्फत देखाएको परिवर्तनको राम्रै चर्चा भयो। व्यावसायिक सफलता भने प्राप्त हुन सकेन।

आफूलाई स्टारडमको छायाँबाट बाहिर आएर जुम्ली युवक बनेपछि पात्रको विविधतासँग परिचित भएको महशुस अभिनेता खड्कालाई छ। उनी सोही चलचित्रमार्फत उत्कृष्ट अभिनेताको अवार्डसमेत जित्न सफल रहे। ‘नयाँ भूमिका खोज्दा प्रकाश पाएँ, चरित्रमा देखिन मैले सक्दो प्रयास गरेको थिएँ। यस्ता चलचित्रमा बारम्बार काम गर्ने मौका मिल्दैन, सदुपयोग गरेको हुँ,’ उनी भन्छन्।

गत वर्ष नै प्रदर्शन भएको ‘झिँगेदाउ’मा अभिनेत्री आँचल शर्माले गाउँले युवती, ‘बाबरी’मा अभिनेता धीरज मगरले पूर्वेली युवक, ‘कृष्ण लीला’मा अभिनेता पुष्प खड्काले अटिजम पीडित युवकको भूमिका वहन गरे।

नयाँ पुस्ताले चरित्र निर्माण गरिरहेको मिहिनेत सकारात्मक रहेको निर्देशक प्रदीप भट्टराई बताउँछन्। भन्छन्, ‘स्टारलाई हेर्न दर्शक हलसम्म आउँछन्। उनीहरूले चरित्रमा गर्ने मिहिनेतले लामो समयसम्म जोगाउँछ।’

हाल प्रदर्शनमा रहेको सिनेमा ‘बगान’मार्फत अभिनय शुरु गरेकी प्रमिला कार्कीले आफूलाई प्रमाणित गरेकी छन्। चलचित्र हेर्न हलसम्म पुगेका विशिष्ट व्यक्तिले समेत उनको अभिनय प्रशंसा गरेका छन्। ‘आफूभन्दा अग्रज कलाकारसँग अभिनय गर्दा उहाँको अनुभवले मलाई चरित्रमा रहन मद्दत गरेको थियो। पर्दामा आफ्नो काम हेर्दा खुशी भएँ नै, साथै प्राप्त प्रतिक्रियाले मलाई आगामी यात्रा तय गर्न सहज भएको छ,’ कार्की भन्छिन्।

आइतबार, साउन २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

भर्खरै

  • १.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • २.
    सुनचाँदीको मूल्य घट्यो

  • ३.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ४.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ५.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ६.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ७.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ८.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.