काठमाडाैं– कमेडि च्याम्पियनबाट उदाएका कमेडियन विक्की अग्रवालको शो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन आगामी शनिबारदेखि प्रसारण हुने भएको छ।
टीमले मंगलबार शोको दोस्रो सिजनकाे पहिलो भागको प्रोमो सार्वजनिक गरेकाे छ जसमा अतिथिका रुपमा राजनीतिज्ञ केशव स्थापित रहेका छन्। उनी गत स्थानीय तहकाे चुनावमा काठमाडाैं महानगरकाे मेयर पदका आकांक्षी थिए। उनी मत परिणामकाे अन्त्यसम्म काेर एरिया आएपछि जितिन्छ भन्दै बसेका थिए। जुन सामाजिक संजालमा भाइरल भएकाे थियाे।
यो शो हरेक शनिबार राती ८:४५ बजे नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) र ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण हुने साे कार्यक्रम टीमले बताएकाे छ।
यस शोकाे होस्ट विक्की अग्रवालले गर्नेछन् भने डिजे मायाको भूमिकामा बिना त्रिपाठी देखिनेछिन्। दोस्रो सिजनका लागि रिपोर्टर पिंकुको भूमिकामा कमेडियन प्रनेश गौतम भित्रिएका छन्।
शोको पाँच वटा भाग छायांकन भइसकेको टीमले बताएकाे छ।