• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

चलचित्र चहलपहल- उ बेला र याे बेला


शनिबार, असार १६, २०८० मा प्रकाशित

काठमाडाैं– अशोक शर्मा नेपाली चलचित्रमा निर्माता, निर्देशक, कलाकार, वितरकलगायत विधामा सक्रिय रुपमा काम गरिरहेका छन्। विसं २०५० चैतमा उनले निर्माण गरेकाे चलचित्र ‘ट्रक ड्राइभर’ चर्चित भएपछि कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिज पुगे उनी। पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए।

Advertisement

“गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे। बेहोस भएर हलबाहिर ल्याएको दर्शक होसमा आउनासाथ पुनः चलचित्र हेर्न भित्र पस्थे। स्वास्थ्यभन्दा पनि चलचित्रको चिन्ता थियो”, शर्माले स्मरण गरे, “त्यो समयमा कलाकारिता गर्न सक्नेलाई रोल दिने चलन थियो। चलचित्र प्रर्दशन भएको ५१औँ दिनभन्दा बढी भएपछि दर्शकसँग भेटघाट गर्थ्याैं।”

निर्माता शर्माले डिजिटल प्रविधिमा चलचित्र रूपान्तरण भएपछि ‘जय भोले’ र ‘रातो टीका निधारमा’ निर्माण तथा निर्देशन गरे। निर्माताका रुपमा समेत रुपान्तरण महसुस गरेका शर्माले प्रविधिले दिएको सहजताको विषयमा चर्चा गरे।

“पहिले म आफैँ कलाकार बन्ने समयमा एउटा फाइल बोकेर हिँड्थे। त्यसमा मैले अभिनय गरेको नाटकको जानकारी हुन्थ्यो। अहिले आफ्नो क्षमतालाई सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्न सकिन्छ।” उनले भने।

निर्माता शर्माका अनुसार प्रविधिले सहजता दिए पनि दर्शक भने कम भइरहेका छन्। पचासको दशकमा चलचित्र बन्दाबन्दै लगानी उठेको प्रशस्तै उदाहरण छन्। अहिले वर्षमा मुस्किलले दश चलचित्रले मुनाफा पाउने गरेका छन्।

‘ऐना झ्यालको पुतली’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक सुजित विडारीले दर्शकसँग चलचित्र हेर्ने माध्यम धेरै भएको बताए। “विश्वभरका चलचित्र हामीले सहजै हेर्न सक्छौँ। यसले दर्शकको चलचित्र चेतनालाई बढाएको छ। त्यो चेतना हाम्रोभन्दा बाहिरको चलचित्रले दिएका कारणले पनि हामीले विश्वसनीयता गुमाइरहेका छौँ।” उनले भने।

सामाजिक सञ्जालको प्रयोगले कलाकार र दर्शकको दूरी कम भएकाले चलचित्र प्रति आकर्षण घटेको निर्माता शर्माले बताए। “पचासको दशकमा कलाकार हुन्थे। दर्शकसँग प्रत्यक्षरूपमा ५१औँ दिन वा सोभन्दा बढी भएमा मात्र भेट हुन्थ्यो। सम्पर्क हुने अन्य माध्यम नै थिएन”, उनले भने, “अहिले हाम्रो दिनचर्या र सम्पर्क सामाजिक सञ्जालमार्फत प्रत्यक्ष जोडिएको छ। दर्शकमा कलाकारप्रतिको कौतुहलता नै छैन।”

निर्देशक विडारीले नेपाली दर्शकले हास्य विधाका चलचित्र बढी रुचाइएको पाएइएता पनि त्यतिमै सीमित नभई फरक विधालाई दर्शकसम्म पुर्‍याउनु सर्जकको दायित्व रहेको बताए।

शनिबार, असार १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण
राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

भर्खरै

  • १.
    लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

  • २.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ३.
    मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

  • ६.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ८.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.