काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ ३५ पैसा र बिक्रीतर्फ १४४ रुपैयाँ १ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६६ रुपैयाँ ७६ पैसा र बिक्रीमा १६७ रुपैयाँ ५३ पैसा तय गरिएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८७ रुपैयाँ ६० पैसा र बिक्रीमा ८८ रुपैयाँ, क्यानेडियन डलर खरिदमा ९९ रुपैयाँ ५८ पैसा र बिक्रीमा १०० रुपैयाँ ४ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५१ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ११ पैसा र बिक्रीमा ९ रुपैयाँ १६ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १४ पैसा र बिक्रीमा १८ रुपैयाँ २३ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३४ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ६ पैसा र बिक्रीमा २८ रुपैयाँ १९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ ६ पैसा र बिक्रीतर्फ १० रुपैयाँ ११ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ १४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १० पैसा तथा बहराइनको दिनार खरिदमा ३४७ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३४८ रुपैयाँ ९४ पैसा तय गरिएको छ।