काठमाडौं– काठमाडौं गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन्।
Advertisement
टोखा नगरपालिका-९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन्।
टोखा नगरपालिका-९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका-१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका-१० दमौली घर भएकी मुस्कान वयक रहेको प्रवक्ता रिजालले बताए।
बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ।