Advertisement
काठमाडौं- चार जिल्लामा पछिल्लो २४ घण्टामा चारजना मृत फेला परेका छन् ।
सोलुखुम्बु खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङ बस्ने ४२ वर्षीय पासाङछिरी शेर्पा सोही ठाउँस्थित खुम्जुङ गुम्बाबाट खुन्देतर्फ जाने बाटोमा सोमबार मृत फेला परेका छन् ।
यस्तै, गोरखा नगरपालिका–१२ खत्रेबेशीस्थित दरौदी खोलाको किनारमा सोही ठाउँस्थित नयाँबस्ती बस्ने ६५ वर्षीया डोल्मा तामाङ सोमबार मृत फेला परेका छन् । ३० असोजदेखि बेपत्ता रहेका उनको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो ।
चितवन कालीका नगरपालिका–३ हिस्सेटाडीस्थित पर्खालको आडमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष सोमबार मृत फेला परेका छन् ।
रुकुम (पश्चिम), मुसिकोट नगरपालिका–१० गलमपातिका ३३ वर्षीय रनबहादुर रोका सोही ठाउँस्थित भीरमा सोमबार मृत फेला परेका छन् ।