Advertisement
सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा यात्रीबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
बा४ख ७७६६ नम्बरको बसले वागमती प्रदेश ०२–०२० प ८११४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका–१० पिप्ले घर भई हाल सोही ठाउँस्थित मेरो माईक्रो फाईनान्समा काम गर्ने २३ वर्षीय वासु बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार रहेका बस चालकलाई खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।