• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सवारी दुर्घटनामा ८ जनाको मृत्यु


मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित

काठमाडौं- सर्लाही, सिरहा, सप्तरी, नुवाकोट, नवलपरासी (पूर्व), भक्तपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। 

Advertisement

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानस्थित सडकमा प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भइ रुखमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय सुरज मुर्मथान मगर र २० वर्षीय मुकेश निमेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुमध्ये सुरजको गढिमाई अस्पताल लालबन्दीमा र मुकेशको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। 

सिरहाको धनगढीमाई नगरपालिका–९ मुसर्नियास्थित सडकमा बा.१ ञ २०९३ नम्बरको विद्युत प्राधिकरणको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० जिरोमाईल बस्ने १० वर्षीय नरेश तामाङको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको धनगढीस्थित आरके मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर नोबेल अस्पताल रिफर गरिएको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ। 

यसैगरी सप्तरी, खडक नगरपालिका–७ कल्याणपुर चोकस्थित सडकमा स.१ त ७०१९ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भइ सोही ठाउँस्थित कपाल काट्ने सैलुनभित्र छिर्दा सैलुनभित्र रहेकी सोही नगरपालिका–६ चकवा बस्ने ७० वर्षीया अनारदेवी पासवानको सोमबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानिय युनिभर्सल अस्पताल कल्याणपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक र सैलुनभित्र रहेका ३ जना समेत गरी ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

यसैगरी नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सडकमा ना।३ ख ११५९ नम्बरको बसको ठक्करबाट पैदलयात्री रामेछाप मन्थली नगरपालिका(१२ बस्ने २९ वर्षीय कृण्ण हरि बुढाथोकीको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका–३ ईटौरास्थित सडकमा ग.प्र.०४–००१ प २४०३ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भइ विद्युतको पोलमा ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय समिर चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय अमर गुरौको सोही अस्पतालमा उपचार भइरहेको छ। 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोस्थित सडकमा प्रदेश ०२–०२७ प २३५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ डिभाईडरमा ठोक्किएर मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर लोकन्थली बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ घर भएका २९ वर्षीय प्रदिप कार्कीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस्तै मोरङको बेलबारी नगरपालिका(५ कसेनिस्थित सडकमा को.२ त ८६८८ नम्बरको ट्याक्टर सोमबार राति ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार रंगेली नगरपालिका–१ बस्ने १५ वर्षीय अबिनाश मरण्डीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।     

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.