• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

राजनीतिले कृषिलाई बिगार्यो–मन्त्री यादव


शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

काठमाडौं- ‘हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि’ भन्ने नाराका साथ ४१ औं विश्व खाद्य दिवस मनाइएको छ ।

Advertisement


कृषि विभागलगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा शुक्रबार एका कार्यक्रम गरी सो दिवस मनाएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवले किसानको समृद्धिविना कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सबैभन्दा पहिले किसानको समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ ।


सोही कारण सरकारले बेमौसीमा वर्षाका कारण प्रभावित किसानको लागि राहत सरकारल पाँच अर्व रुपैयाँभन्दा बढीको राहत प्याकेज घोषणा गरेको उहाँको भनाइ छ । मन्त्री यादवले भन्नुभयो, ‘मन्त्रालयको दायित्व भनेकै किसानलाई समृद्ध बनाउने हो, जसका लागि मन्त्रालय लागिरहेको छ, तर किसानका नाममा हुने राजनीतिले कृषि क्षेत्रलाई विगारेको छ, राजनीतिक पार्टीपिच्छेका किसान संगठन छन्, किसानको एउटै महासंघको हुनुपर्छ, त्यसो भयो भने काम गर्न पनि सजिलो हुन्छ, किसानमुखी कार्यक्रम पनि प्रभावकारी हुन्छन् ।’


उहाँले एउटै महासंघका लागि आफूले पहल पनि गरिरहेको बताउनुभयो । मन्त्री यादवले किसानलाई सरकारले उपलव्ध गराउँदै आएको अनुदान तथा सहुलियतका कार्यक्रमबाट पहुँचवाला किसानमात्रै लाभान्वित भएको भन्दै अनुदान सहयोग सम्वन्धित किसानकै बैंक खातामा जम्मा हुनु व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले सरकार किसानका लागि घोषणा गरेको राहत प्याकेजलाई पारदर्शीरुपमा वितरण गर्ने गरी कार्यविधि निर्माणको काम भइरहेको जानकारी गराउनुभयो ।


कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले यसवर्षको विश्व खाद्य दिवसको नारामात्रै कार्यान्वयन गर्न सकिएपछि कृषिमा ठूलो उपलव्धी हासिल हुनसक्ने बताउनुभयो । विगत ४१ वर्षदेखि खाद्य दिवस मनाइदै आएको भएपनि विगत केही वर्षदेखि दिवसलाई अन्य सरोकारवाला निकायले साथ दिँदै आएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्दै मन्त्रालयले ऐन बनाएरै अनुदान कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउन लागेको पनि जानकारी गराउनुभयो ।


साथै धानमा दाना नलाग्नुको विभिन्न समस्यामध्ये तराईका लागि सिफारिस बीउ पहाडमा लगाइनु पनि भएको दावी गर्नुभएको छ । राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालले कृषि क्षेत्रको विकासका लागि कुल बजेटको १० प्रतिशत बजेट विनियोजन गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पर्याप्त लगानीविना कृषिमा आत्मनिर्भर सम्भव हुँदैन, अहिले कुल बजेटको २.७६ प्रतिशतमात्रै कृषि बजेट विनियोजन गरिएको छ, यतिले पुग्दैन । साथै उहाँले सरकारले किसानका लागि घोषणा गरेको राहत रकम बढाउन पनि माग गर्नुभएको छ । घोषित प्याकेजको स्वागत गर्दै थप २५ प्रतिशतले रकम वृद्धि गर्न माग गर्नुभएको छ ।


राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले उत्पादन वृद्धिका साथै समानुपातिक वितरणमा पनि जोड दिनुभयो । सरकारको एक्लो प्रयासले मात्रै उत्पादन बढाउन नसकिने भन्दै कृषिमा निजी क्षेत्रलाई पनि आकर्षित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारले उत्पादन बढाएर प्रतिहेक्टर एकटन पु¥याउने भनेको छ, बीउ प्रतिस्थापन दर पनि २५ प्रतिशत पु¥याउने लक्ष्य छ तर सरकारको एक्लो प्रयासले मात्रै यो लक्ष्य पूरा हुनसक्दैन, यसमा निजी क्षेत्र पनि आउनुपर्छ ।


आयोजक मध्येको एक खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले टालटुले नीतिले कृषि क्षेत्रले गति लिन नसक्ने भन्दै कृषिमा आमुल परिवर्तन आवश्यक रहेको बताउनुभयो । खाद्यका लागि कृषि अभियानले खाद्य दिवसका अवसर आयोजना गरेको महिनाव्यापी कृषि बहसको निष्कर्ष पनि कृषिमा आमुल परिवर्तन नै रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘हामीले कृषि क्षेत्रमा काम गरिरहेका छौं भनिरहेका छौं तर परिणाम देखिएको छैन, कृषि क्षेत्र झनै अधोगतितर्फ लागेको छ, कृषिको मुख्य आधार अधिकाँश बीउ विजनहरु हामीले गुमाइसकेका छौं । आमुल परिवर्तन गर्ने हो भने हामी अझै पछि पर्दै जानेछौं ।’


कृषि विभागकी निमित्त महानिर्देशक तथा विश्व खाद्य दिवस नेपालकी अध्यक्ष जानुका पण्डितले कृषि क्षेत्र वहुआयामिक क्षेत्र भएको कृषि मन्त्रालयको एक्लो प्रयासबाट मात्रै अपेक्षित लाभ हासिल हुन नसक्ने भन्दै सबै सरोकारवाला निकायले कृषिलाई उच्च प्राथमिकता दिँदै सोहीअनुसार अघि बढनुपर्नेमा जोड दिनुभयो । विश्व खाद्य कार्यक्रमका प्रतिनिधि केन सिम्जुले पनि खाद्य सुरक्षाका लागि उत्पादनमा जोड दिनुभयो । कार्यक्रममा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख डा. रामकृष्ण श्रेष्ठले खाद्य सुरक्षासम्वन्ध नेपालको अवस्थाबारे प्रस्तुति गर्नुभएको थियो ।


कसो अवसरमा अवसरमा प्रधानमन्त्री शेरवहादुर देउवाको शुभकामान सन्देश र विश्व खाद्य कार्यक्रमका डाइरेन्टर जनरलको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न आठ विधाका उत्कृष्ट २४ कृषकलाई पुरस्कृत गरिएको थियो ।

शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.