काठमाडौं- प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट आज बिहान ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ ।
Advertisement
पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ। बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ।
तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए। उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको बताइएकाे छ।