काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा तय गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४२ रुपैयाँ ४९ पैसा र बिक्रीमा १४३ रुपैयाँ १४ पैसा तय गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६४ रुपैयाँ १ पैसा र बिक्रीमा १६४ रुपैयाँ ७५ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८७ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३६ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ १० पैसा र बिक्रीमा ९८ रुपैयाँ ५५ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९ रुपैयाँ ६० पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ८४ पैसा र बिक्रीमा १८ रुपैयाँ ९३ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ २१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ८ पैसा र बिक्रीमा २९ रुपैयाँ २१ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९५ पैसा र बिक्रीतर्फ १० रुपैयाँ कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ५३ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४८ पैसा तथा बहराइनको दिनार खरिदमा ३५० रुपैयाँ ५ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ६४ पैसा तय गरिएको छ।