काठमाडौं, असोज २५ । सेफ्स बर्गरले आफ्नो छैठौं आउटलेट सामाखुशीमा स्थापना गरेको छ । गत असोज २१–२२ उक्त आउटलेटको सफ्ट ओपनिङ पनि समेत गरेको थियो ।
सेफ्स बर्गरमा फास्टफूड बाहेक कन्टिनेन्टल, थाइ, भियतनामी, मेक्सिन, इटालियन गरी हरेक प्रकारका कुजिन यस रेस्टुरामा पाइन्छ । तीन वर्षको अवधिमा छैठौं आउटलेट स्थापनाले सेफ्स बर्गरको सफलता प्रस्ट्याउँछ ।
दुबईमा भेटेको तीन साथीहरू तीर्थराज कट्वाल, महेन्द्रमान तामाङ, सुरज तामाङले आफूले जाने सिकेका सीपको उपयोग नेपालमै गरौं भनि योजना बनाएका थिए । सोही अनुसार, २०७५ सालमा पहिलो पटक चाबहिलमा सेफ्स बर्गरको स्थापना भएको थियो ।
सेफ्स बर्गरका यी सहसंस्थापकहरूले विदेशका पाँच तारे होटलहरूमा १७–१८ वर्षेको अनुभव बटुलेका छन् । लामो समयको अनुभव र निपुणता पछि नेपालमा विदेशस्तरीय अर्गयानिक स्वादको विभिन्न अन्तर्राष्ट्रिय कुजिन सेफ्स बर्गरमा पाइन्छ ।
सामाखुशी पश्चात भक्तपुरस्थित बालकोटमा अर्को आउटलेट थप्ने योजना उनीहरूको छ । यसका साथै, उपत्यका बाहिर धरान, इटहरी, बिर्तामोड, पोखरामा पनि नयाँ आउटलेट विस्तारका लागि योजना बनेको जानकारी उनहिरूले दिए ।
यसका साथै, विदेश जान लागेका तर हातमा सीप नभएका दाजुभाइलाई पनि सेफ्स बर्गरका यी संस्थापकहरूले विशेष तालिम दिइ दक्ष बनाउने गरेका छन् ।
ग्राहकहरूको सेवााम समर्पित भइ आगामी दिनमा अझ अर्गयानिक तथा ग्राहकहरूको रुचि अनुसारका खाना पस्कन सदैव तयार रहेको पनि सेफ्फ बर्गरका सहसंस्थापक सुरज तामाङले बताए ।