• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

राधा भइन् दोश्रो एनटीएस कौसी क्वीन–२०७८


शनिबार, असोज २३, २०७८ मा प्रकाशित

काठमाडौँ- दोश्रो ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन् । प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटीएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिएकी हुन् ।

Advertisement

उनलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहिराइदिएकी थिइन । साथमा नेपालस्थित इजरायली राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटीएसका सञ्चालक खोजराज कटुवाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा।गोविन्द प्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र भारी लगायतले पनि उनलाई सम्मान गरेका थिए । ताजसंगै उनले ५० हजार रुपैया वरावरको कौसीमा ग्रीन हाउस उपाहार पाएकी छन् ।

त्यसैगरी, त्यसै गरी ‘फस्ट रनर–अप’ भक्तपुरका विनिता राजभण्डारी, सेकेण्ड रनर अप बनेपाकी विजया मानन्धर भएकी । त्यस्तै पोखराकी सरस्वती अधिकारी थर्ड रनरअप तथा तनहुँ, व्यास नगरपालिकाकी विमला कार्की ‘फोर्थ रनर अप’ भएकी थिइन । सोही कार्यक्रममा अप्रतियोगि पुष्प व्यावसायी भक्तपुरकी राधा मताङगीलाई पनि ‘फ्लावर क्विन’को उपाधीले सम्मान गरिएको थियो ।

फस्ट रनरअपले २० हजार, सेकेन्ड रनरअपले १५ हजार, थर्ड रनरअपले १० तथा फोर्थ रनरअपले ५ हजार बरावरको कौसी खेतीका सामाग्री पाएका छन् ।

त्यसै गरी सहभागी सबैलाई एक हजार बराबरको सान्त्वना पुरस्कार पनि वितरण गरिएको छ । प्रतियोगितामा देशभरबाट ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो । जस मध्ये ललितपुर थास खेलकी राधा ढकाल, बालाजुकी सरस्वती खाण्ड ठकुरी, चन्द्रागरीकी चन्द्रमाया माली, कीर्तिपुर २ मैत्रीनगरकी लीला खनाल हाजुर, भक्तपुर सिरजनानगर आकाश पुलकी विनिता राजभण्डारी, पोखराकी सरस्वती अधिकारी, बनेपाकी विजय मानन्धर, तनहुँ व्यास नगरपालिका ४ संगम टोलकी विमला कार्की, चन्द्रागीरिकी राधिका अर्याल, कीर्तिपुरकी मृदुला श्रेष्ठ र कुलेश्वरकी कृष्ण मैया अधिकारी टप टेन भित्र परेका थिए ।

यस्ता खालका क्रियाक्लावले शहरी खेती गर्न सवैलाई आकर्षण गर्ने भएकाले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए । अझ घरको नक्सा पास गर्ने समयमा कौसीमा अनिवार्य कौसी खेती गर्ने ट्रस बनाउन सकेमा झनै राम्रो हुने वताए । यसपछि १० वटा विद्यामा फार्मर हाउस कम्पिटिसनको आयोजना गर्ने पनि श्रेष्ठले जानकारी दिए । बाख्रा फार्मर अफ दी इयर, भेजिटेवल फार्मर अफ दी इयर, फ्रूट्स फार्मर अफ दी इयर लगायत १० वटा क्याटोरीगरिमा प्रतिष्पर्धा गराई कृषकमाझ कृषिलाई सम्मानित गराउने उद्देश्य हलोखबरले लिएको छ ।

प्रतियोगिताको निर्णायकहरुमा इजरायली राजदूत खनान गोदेर, काठमाडौँ महानगरपालिकाका कृषि शाखा प्रमुख हरि भण्डारी, मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सलिल कुमार श्रीबास्तव, गत सालको फूलतर्फकी विजेता डा।नम्रता पाण्डे र कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख कृष्णभद्र अधिकारी रहेका थिए । कार्यक्रमको प्रमुख प्रयोजक नेपाल थोपा सिचाईले गरेको छ ।

त्यसैगरि यस इभेन्टमा नेपालस्थित इजरायली राजदूतावास, काठमाडौँ महानगर, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको समेत सहकार्य रहेको थियो । त्यस्तै किसान एग्रीकल्चर प्रालि, एग्रीकेयर नेपाल प्रालि, अन्नपूर्ण अर्गानीक फटिलाइजर, जीसेभेन एग्रीकल्चर प्राली, एग्री नेपाल, सलोम एग्रीकल्चर प्राली, अर्गानीक बायो फटिलाइजर लि, मुक्तिनाथ कृषि कम्पनी लि, काठमाडौँ नर्सरी, सर्वोदय नेपाल, एग्रीभिजन हाई टेक प्रालि, कारितास नेपाल, कारितास अष्ट्रेलियाको पनि सहकार्य गरेको थियो ।

प्रथम बाग्मती प्रदेशस्तरीय कौसी क्विनको सफलता पश्चात् दोस्रो कौसी क्विन २०७८ प्रतियोगिता भने राष्ट्र व्यापी भएको हो । जसमा प्रतियोगितामा सहभागी हुनकालागि सहभागीहरूले कौसीमा रोपिएका तरकारी तथाफूलबारीमा काम गर्दै १० वटा फोटो र बढीमा १० मिनेटको भिडियो हलोखबरको इमेलमा पठाउनु पर्ने थियो । त्यसपछि कौसी खेतीमा भागलिनेहरुको फोटो हलोखबर डटकमको फेसबुक पेज र यूट्युव च्यानलमा पोस्ट गरिएको थियो । जसमा ६० प्रतिशत लाइक, सेयर, कमेन्टको आधारमा र ४० प्रतिशत निर्णायक मण्डलले नम्बर प्रदान गरेका थिए ।

कार्यक्रममा ३ जनालाई सम्मान यस्तै कार्यक्रममा तीन जनालाई सम्मान पनि गरिएको थियो । जसमा नेपालको व्यावसायिक गोलभेँडा खेतीमा नयाँ सिर्जनालगायतका जात विकास गरी कृषि क्षेत्रमा पुर्याएको योगदानका लागि डा. केदार बुढाथोकीलाई अतिथिहरूबाट सम्मान पत्र प्रदान गरिएको थियो । त्यसै गरी हलोखबर डटकमका प्रथम विज्ञापन दाता श्रीकृष्ण अधिकारीलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै हलो खबर डटकमका उत्कृष्ट रिपोटर्सको रूपमा रेखा श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको थियो ।

शनिबार, असोज २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.