काठमाडौं- गत मंगलबार ५०० रुपैयाँले बढेको भएको सुनको मूल्य बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो।
Advertisement
गत मंगलबार बजारमा सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। तर, यता चाँदीको मूल्य भने तीन दिन यताकै निरन्तर बुधबार पनि स्थिर रहँदै प्रतितोला एक हजार १६० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य भने तोलामा ४०० रुपैयाँले नै बढेर आज ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।