• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

यस्ता छन् महावीर पुनले राखेका मागहरु


शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित

काठमाडौं– अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने काममा ठोस सहयोग गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन नेतृत्वको समूहले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

Advertisement

गत मंगलबार पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री अशोक राईलाई आफ्ना यी मागहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री अशोक राईलाई आफ्ना मागहरु बुझाएका थिए ।

ती मागका विषयमा सरकारी पक्षबाट चासो नदिएको भन्दै उनी र उनको समर्थनमा रहेका युवाहरुले आज प्रदर्शन गरेका हुन् ।

यस्ता छन् पुनले राखेका चारबुँदे मागहरु

१.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने र अनुसान्धान, नवप्रवर्तन र आविष्कार कोषमा राख्नुपर्ने । सो कोषले नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नेछ । कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने ।

२. कोषमा रहेको रकम सहज तरिकाले समयमै उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजानिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवद्र्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्नेछ । आवश्यकता अनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनुपर्ने ।

३. पुनले राखेको बुँदा नम्बर ३ मा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्नेछ । स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने । सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

४. अन्तिम बुँदामा प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने माग राखेका छन् । उक्त विभाग अन्र्तगत देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने माग राखेका छन् ।

यी चारबुँदे माग पुरा नभएसम्म आन्दोलन जारी रहने अध्यक्ष पुनले बताए ।

 

 

शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

भर्खरै

  • १.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • २.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ३.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ४.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ५.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ६.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ७.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ८.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.