काठमाडौं- पछिल्लौ २४ घण्टामा काठमाडौं उपत्यकामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा २६५, भक्तपुरमा २८ र ललितपुरमा ४२ जनामा कोभिड-१९ पुष्टि भएको हो ।
Advertisement
मन्त्रालयकाअनुसार यस अवधिमा देशभर ११ सय १३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।