• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

बेहँडाबाबा धामको विकासबारे छलफल गरिरेहका छौँ : डा राणा


    Avatar photo
मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित

नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले धनगढीको प्रसिद्ध बेहँडाबाबा धामको विकासका बारेमा छलफल गरिरहेको बताउनुभएको छ ।

Advertisement

धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहँडाबाबा धाम परिसरमा निर्माण भएका विभिन्न संरचनाको आज उद्घाटन गर्नुहुँदै कांग्रेसकी उहाँले यस क्षेत्रको प्रसिद्ध धामको विकास र विस्तारका बारेमा सुदूरपश्चिममा सोमबार सम्पन्न नेपाल–भारत मानसखण्ड सम्मेलनमा पनि छलफल भएको जानकारी दिनुभयो ।

नेत्री डा राणाले मुलुकमा अर्थतन्त्रको विकासका लागि धर्म संस्कृतिको प्रवर्द्धन गरी धार्मिक पर्यटनमा जोड दिनुपर्ने धारणा पनि राख्नुभयो । “देवभूमि सुदूरपश्चिम र भारतमा थुप्रै मठमन्दिर छन्” उहाँले भन्नुभयो, “प्राचीन धर्म संस्कृति कसरी चलिरहेको छ र यसलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि सम्मेलनमा चर्चा भयो ।”

गङ्गा दशहराका दिन यो मन्दिरमा लाग्ने मेलामा भारतबाट ठूलो सङ्ख्यामा आउने भक्तजन भगवान्को दर्शन तथा पूजा गरी फर्किन्छन् । सीमापारि भारतको उत्तर प्रदेशबाट आउने नागरिकले आफ्नो कुलदेवताका रूपमा बेहँडाबाबालाई पुज्ने गर्छन् ।

यो धामको विकासका लागि प्रदेश सरकार र धनगढी उपमहानगरपालिका कार्यालयले सक्दो बजेट विनियोजन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उपमहानगरपालिका कार्यालय र सहरी सघन विकास आयोजनाको झण्डै रु तीन करोड ३३ लाखको लागतमा यो धाम परिसरमा पर्खाल, १२÷१३ वटा चौतारो निर्माण र नजिकैको गङ्गामाताको तालसम्म पुग्ने सडकको ट्र्याक निर्माण कार्य गरिएको छ ।

नेत्री डा राणाले आजै धनगढी उपमहानगरपालिका–८ मा सञ्चालित धनगढी नमूना प्राविधिक विद्यालय (भाषा पाठशाला) को नवनिर्मित भवनको शिला अनावरण गरी उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै आवश्यक थप पूर्वाधार जुटाउन सक्दो पहल गर्ने बताउनुभयो ।

विद्यालयका प्रध्यानाध्यापक लक्ष्मणदत्त भट्टले विद्यालयका समस्या र प्रगतिका बारेमा प्रकाश पार्नुभएको थियो ।

नेपाल सरकार र धनगढी उपमहानगरपालिकाको करिब रु छ करोड आठ लाख २० हजारको लागतमा निर्मित तीन तले उक्त भवनमा ३६ कोठा छन् । कक्षा कोठाको अभावको समस्या झेलिरहेको यो विद्यालयमा नयाँ भवन निर्माणपछि पठनपाठन सहज हुने देखिएको छ ।

विद्यालयमा कक्षा १ देखि १२ सम्म नेपाली, अङ्ग्रेजी र सिभिल इन्जनीयरिङ विषयमा पठनपाठन हुन्छ । तत्कालीन समयमा भाषा पाठशालाको नामबाट विसं २००४ मा स्थापना भएको यो विद्यालय सम्भवतः कैलालीको पहिलो विद्यालय हो ।

विसं २०७४ मा नेपाल सरकारबाट नमूना प्राविधिक विद्यालयका रूपमा छनोटमा परेको यो विद्यालयमा हाल एक हजार सात सय १४ छात्र छात्रा अध्ययनरत छन् । उपमहानगरपालिमा सरकारी लगानीमा प्राविधिक विषयमा पठनपाठन हुने यो विद्यालय पहिलो हो ।

समारोहमा प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको उपस्थिति थियो ।

मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

भर्खरै

  • १.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • २.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ३.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ४.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ५.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ६.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ७.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ८.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.