• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

दुर्गममा जुक्ति : रुखमै डेरा बनाएर अनलाइन कक्षा

शनिबार, भदौ २६, २०७८ मा प्रकाशित

Advertisement

न्युज कारखाना 

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागीता जनाइरहेका छन् । उनले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदैआएको बताए । अनलाइन कक्षा सञ्चालन भइरहेका बेला उनी रुखमा रहेकाे डेरामा बस्छन् ।

विद्यालयले २४ साउनदेखि अनलाइन कक्षामार्फत पढाइ सुरु गरेको छ । तर, नवलपुर सिम्लेमा मोबाइलबाट खासैइन्टनरनेट चल्दैन । डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वइन हुन सम्भव थिएन ।

त्यही कारण उनी ८/९ दिनसम्म अनलाइन कक्षामा सहभागी हुन सकेनन् । पढाइ छुट्न थालेपछि उनले जुक्ति निकाले । ‘घरभन्दा माथिमाथिका डाँडामा निस्केर प्रयास गरेँ तर कनेक्सन राम्रो देखिएन । एउटा रुखको फेदमुनि बसेर चेक गरेँ । त्यहाँ कनेक्सन राम्रो देखायो । रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढेँ । अझ राम्रो कनेक्सन देखायो । जुम मिटिङमा जोडिन सफल भएँ,’ छात्र मगरले भने, ‘रुखमै चढेर दुई दिन अनलाइन क्लासमा सहभागी बनेँ । दिनभर रुखमा बसेर क्लासमा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ ।’

छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले हर्षित बनाएको सरस्वती माविका निमित्त प्रधानाध्यापक नविन चाम्लिङले बताए । सरस्वती माबिमा कक्षा ६ देखि कक्षा १० सम्मको पठनपाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ । ३ असाेजबाट भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने निर्णय हलेसी तुवाचुङ नगरपालिकाले गरिसकेकाे छ। 

१६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन् । उनका भाइ नयन कक्षा ८ मा पढ्छन् । उनीहरु आमासँग बसिरहेका छन् । 

शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.