• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

मुस्ताङमा प्रदेशका एक दर्जन योजना कटौती


    Avatar photo
मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित

जोमसोम, २१ भदौ ।

Advertisement

गण्डकी प्रदेशको पूर्ववर्ती सरकारले गरेका मुस्ताङका एक दर्जन विकास आयोजना सरकार परिवर्तनपछि प्रभावित बनेका छन् । प्रदेशअन्तर्गत उपल्लो मुस्ताङको ६ वटा र तल्लो मुस्ताङको ५ वटा गरी करिब ११ वटा विकास आयोजनाको काम प्रदेश सरकारले कटौती गरेको हो ।

मुस्ताङको घरपझोङ गाउँपालिका रिङरोड सडक जोड्ने महत्वपूर्ण दुईवटा पक्की मोटरेबल पुलको योजना गत आर्थिक वर्ष प्रदेश सरकारले रातो किताबमा समावेश गरेको थियो ।

चालु आर्थिक वर्ष भने वर्तमान सरकारले त्यसलाई कटौती गरेको सांसद महेन्द्रबहादुर थकालीले जानकारी दिए । घरपझोङ रिङरोड सडक जोड्ने ठिनी र ढुम्बा खोलामा सर्भे तथा डीपीआर अन्तिम चरणमा पुगिसकेको छ ।

गण्डकी प्रदेशको पूर्वाधार निर्देशानालयले परामर्श दाता छनौट गरी पुलको डीपीआर बनाउने काम समेत अन्तिम चरणमा पुर्‍याएको प्रदेश सांसद थकालीको भनाइ छ ।

प्रदेशले गत आर्थिक वर्षमा ठेक्का सम्झौता भइ दायित्व सृजना भएको जोमसोम – ठिनी हुँदै नमुखुलेक जोड्ने सडकलाई कार्यक्रम समावेश गरेको छैन । उक्त सडकको दायित्व सृजना भइ १५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

वारागुङ मुक्तिक्षेत्रको कागबेनी( झोङ सडक,थासाङ गापाको लेते डाँडा हुँदै कुञ्जो,टिटी,कोवाङ सडक आयोजना चालु वर्ष प्रदेशको कार्यक्रममा समावेश हुन सकेन ।यस्तै,लेते(कुञ्जो ,टिटी ताल सडक स्तरोन्नति गर्ने योजना समेत चालु वर्षको योजनामा समावेश हुन नसकेको प्रदेश सांसद महेन्दबहादुर थकालीले उल्लेख गरे ।

यस्तै गत वर्ष नियमित रुपमा आउने योजनाहरु मध्ये चालु वर्ष उपल्लो मुस्ताङका विभिन्न विकास योजनामा कटौती भएको प्रदेश सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।सांसद बिष्टका अनुसार लोघेकर दामोदरकुण्ड गापाको ढाक्मरदेखि घार गुम्बा हुँदै मराङ जोड्ने सडक गत वर्ष ५० लाख बिनियोजन भएको भएपनि चालु वर्ष कार्यक्रममा समावेश हुन सकेन ।

लोमान्थाङको न्यानोल खोलाबाट भार्चा गर्फु हुँदै नेचुङ भन्सार सडक,लोघकेर गापाकै ध्ये(ताङ्वे सडक प्रदेशको योजनामा समावेश नभएको सांसद बिष्टले उल्लेख गरे । यस्तै,सोही पालिकाको खेताङे सडक पुल कार्यक्रमबाटै हटाइएको छ ।उक्त पुलको डिपिआरसहित प्रारम्भिक चरणको काम सम्पन्न भईसकेको जनाईएको छ ।

उपल्लो मुस्ताङको चराङ खोलादेखि दामोदरकुण्ड जोड्ने सडक अघिल्लो वर्ष काम सम्पन्न हुन नसकेर दायित्व सृजना भई अधुरो रहेको कामको ७ लाख ९१ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

चालु वर्ष दामोदरकुण्ड जोड्ने पुलको लागि बजेट बिनियोजन नभएको सांसद बिष्टले जानकारी दिए ।

मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.