• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सङ्घीयताले रोक्न सकेन बसाइँसराइ, गाउँका घर रित्तिँदै


    Avatar photo
बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजना गाउँगाउँमा भित्रिँदासमेत बसाइँसराइ बढ्दो क्रममा देखिएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति लिन थालेका छन् । सडक, पदमार्ग, सिँचाइ, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका पूर्वाधार निर्माण हुने क्रम बढ्दो छ । एक नगरपालिकासहित पाँच गाउँपालिका रहेको म्याग्दीमा पाँच गाउँपालिकाको केन्द्र नयाँ बजार विस्तारको चरणमा पुगिसकेका छन् ।

Advertisement

जिल्लामा भौतिकपूर्वाधारको विकास हुने क्रम बढिरहेको सन्दर्भमा जिल्लाबाट अन्यत्र बसाइँसराइ गर्ने क्रम बढ्दो छ । जिल्लाभित्रका पाँच गाउँपालिकाबाट सदरमुकामसमेत रहेको बेनी बजारमा थोरै मात्रामा बसाइँसराइ गर्ने गरेका छन् भने समग्र जिल्लाबाट पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायत क्षेत्रमा बसाइँसराइ गर्ने गरेको पाइएको छ । जिल्ला सदरमुकाम बेनीबजारस्थित रहेको बेनी नगरपालिकामा आन्तरिकरूपमा जिल्लाका अन्य स्थानीय तहबाट बसाइँसराइ गरी आउनेभन्दा यहाँबाट जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङख्या बढी देखिएको छ ।

आव २०७८÷७९ मा बेनी नगरपालिकामा तीन सय ११ सदस्य बसाइँसराइ गरी आएका थिए भने यस नगरपालिकाबाट चार सय ४२ सदस्य यहाँबाट बसाइँसराइ गरी अन्यत्र गएको पाइएको छ । नगरपालिकाको पञ्जीकरण शाखाका अनुसार चालु आवको चैत तेस्रो सातासम्म बेनी नगरपालिकामा एक सय ३२ सदस्य बसाइँसराइ गरी आएका छन् भने यहाँबाट दुई सय ४२ सदस्य बाहिरिएका छन् । जिल्ला सदरमुकाम बेनी रहेको बेनी नगरपालिकामा जिल्लाका पाँचवटै गाउँपालिकामा बसाइसराइको दर उच्च छ । वैदेशिक रोजगारका कारण युवायुवती विदेश पलायन हुने क्रमसँगै गाउँका स्थानीय सुविधा खोज्दै बजारतर्फ बसाइँसराइ गर्ने प्रचलन छ ।

रघुगङ्गा गाउँपालिका–८ चौरखानीका स्थानीय शिक्षक चन्द्रमान छन्त्यालले बसाइँसराइले गाउँ रित्तिदै गएको बताउनुभयो । “पहिले यस ठाउँ दुर्गम थियो, गाउँ भरिभराउ थियो, अहिले विकासका पूर्वाधार र सुविधा गाउँघरमा थपिँदै गएका छन्, तर गाउँ रित्तिँदै गएको छ”, उहाँले भन्नुभयो । गाउँमा स्वास्थ्य र शिक्षाको गुणस्तर नहुँदा बजारतर्फ बसाइँसराइ गर्ने दर बढिरहेको छ । रघुगङ्गामा चालु आवको हालसम्म आठ परिवारका १२ सदस्य बसाइँसराइ गरी आएका छन् भने ३५ परिवारका एक सय १४ सदस्य यस पालिकाबाट अन्यत्र बसाइँसराइ गरेर गएका छन् ।

यस पालिकामा गत आर्थिक वर्षमा ३८ सदस्य बसाइँसराइ गरी आउँदा एक सय ८३ सदस्य पालिकाबाट अन्यत्र बसाइँसराइ गरी गएको गाउँपालिकाका पञ्जीकरण शाखाका वसुता पुनले जानकारी दिनुभयो । पालिकामा बसाइँसराइ गरी आएको सङ्ख्या आन्तरिक बसाइँसराइ रहेको जनाइएको छ ।

अन्नपूर्ण गाउँपालिकामा चालु आवको हालसम्म २४ सदस्यले आन्तरिक बसाइँसराइ गर्दा एक सय ४७ सदस्यले पालिकाबाट अन्यत्र बसाइँसराइ गरेको देखिएको छ । मङ्गला गाउँपालिकामा यस आवको हालसम्म १३ परिवारका ४३ सदस्यले बसाइँसराइ गरेर आउँदा ४५ परिवारका एक सय ६० सदस्य अन्यत्र गएको देखिएको छ । पञ्जीकरण शाखाका लेकनाथ सापकोटाका अनुसार गत वर्ष मङ्गलाबाट १९ परिवारका ८३ सदस्य पालिकाभित्र बसाइँसराइ गरेर आउँदा ८२ परिवारका तीन सय पाँच जना अन्यत्र गएका छन् ।

मालिका गाउँपालिकामा यस वर्षको हालसम्म १२ परिवारका ३१ सदस्य बसाइँसराइ गरेर आउँदा ३२ परिवारका एक सय २४ सदस्य अन्यत्र बसाइँसराइ गरेका छन् । जिल्लाको सबैभन्दा दुर्गम स्थानीय तहका रूपमा परिचित धवलागिरि गाउँपालिकामा आन्तरिकरूपमा न्यून सङ्ख्यामा बसाइँसराइ हुने भए पनि यहाँबाट बाहिर जानेको सङ्ख्या ठूलो छ । यस पालिकामा चालु आवको हालसम्म छ परिवारले पालिकाभित्र नै आन्तरिकरूपमा बसाइँसराइ गर्दा यहाँबाट अन्यत्र ६७ घर परिवारले बसाइँसराइ गरिसकेका छन् ।

सडक सञ्जालको सहज पहुँच नपुग्नु, गुणस्तरीय स्वास्थ्य र शिक्षाको अभाव, रोजगारको व्यवस्थापन हुनु, सिँचाइ अभावले परम्परागत खेतीमा उत्पादकत्व घट्नु, खानेपानीलगायतका आधारभूत आवश्यकताको परिपूर्ति नहुँदा ग्रामीण भेगबाट सर्वसाधारण गाउँ छाडेर सहरतर्फ बसाइँसराइ गर्ने प्रचलन बढेको छ ।

धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले सङ्घीयताले सेवा र सुविधा विकेन्द्रीकरण गरे पनि स्थानीयस्तरमै रोजगारको अवसर र आधारभूत आवश्यकताको परिपूर्ति गर्ने आधार तयार नहुँदा बसाइँसराइको दर बढेको बताउनुहुन्छ । “स्थानीयस्तरमा रहेका सम्भावनाको खोजी र सोहीअनुरूपका रोजगार सिर्जना गर्ने योजना अघि बढाउनुपर्ने देखिएको छ, स्थानीयस्तरमै रोजगार पाउने अवस्था नबने मानिस गाउँ छाडेर गएका छन् । त्यसका लागि सडकलगायतका सहज सुविधा बनाउनतर्फ पनि ध्यान दिनुपर्ने छ”, रिजालले भन्नुभयो ।

सुविधा र सुखको खोजीमा गाउँबाट सहर पस्ने क्रमले सामाजिक, आर्थिक र पारिवारिक बेमेल सिर्जना गरेको छ । मुख्यगरी मानिस आर्थिकरूपमा सक्षम बन्दै गएपछि गाउँ छाडेर सहर बसाइँसराइ गर्ने अधिक रहेको विभिन्न अध्ययनले देखाएको छ । अहिले बसाइँसराइ मात्रै नभएर अस्थायीरूपमा गाउँ छाडेर शहरमा बसोबास गर्नेको सङ्ख्या पनि अधिक रहेको छ । गाउँ युवा र बालबालिकाविहीन हुने अवस्थामा पुग्न थालेका छन् भने घर खाली र खेतबारी बाँझो रहने समस्या बढ्दो छ ।

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु

भर्खरै

  • १.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • २.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ३.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ४.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ५.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ६.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ७.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ८.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.