काठमाडौं– अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु भएको छ । आज साँफेबगर नगरपालिका–१ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथको स्कुटरसहित सडकबाट खसेर मृत्यु भएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटरसहित सडकबाट तल खसेर उनको मृत्यु भएको जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।