काठमाडौं- सर्वसाधारणका लागि भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपिओ निष्कासन गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
Advertisement
कम्पनीले १३ लाख ४६ हजार ९९३ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो। उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।
आइपिओ निष्कासन बन्द छिटोमा चैत २७ गते हुनेछ भने उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि २०८० वैशाख ७ गतेसम्म लम्बिनेछ।