बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र ६ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
Advertisement
कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी मन्त्री बनेका छन् । अर्का एकजना स्वतन्त्र सांसद अजय शाहीले पनि मन्त्री पद पाएका छन् ।
चौधरीले शहरी तथा ग्रामीण विकास, कृष्णध्वज खड्काले आन्तरिक मामिला तथा कानुन र सहसराम यादवले भौतिक पूर्वाधार मन्त्रालय पाएका छन् । पुरमती, सुमन र अजयको मन्त्रालय भने तोकिएको छैन ।
