काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का उमेदवार रवि लामिछानेविरुद्ध तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ ।
Advertisement
सोमबार भएको उमेदवारी दर्ताविरुद्ध मंगलबार तीनजना उमेदवारले उमेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गराएका हुन् ।
स्वतन्त्र उमेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र अर्का स्वतन्त्र उमेदवारका प्रतिनिधि शिवबहादुर सुवेदीले दाबी विरोध गरेका हुन् ।
त्यस्तै, रविविरुद्ध उजुरी दिँदै आएका युवराज पौडेल सफलले उमेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएका छन् ।
उनीमाथि उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ ।