• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा, बहुमतको सरकारमा दावी पेश गर्न २४ घण्टाको माैका


बुधबार, साउन २७, २०७८ मा प्रकाशित

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्ताव सामना नगरी बुधबार उनले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका छन् ।

Advertisement

कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा आबद्ध विपक्षी गठबन्धनका सांसदहरूले १९ साउनमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सोही प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख शेरचनले बुधबार १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए । तर, विशेष अधिवेशन सुरु हुनुभन्दा केही मिनेटअघि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख समक्ष राजीनामा दिए ।

तर उनको राजीनामाले प्रदेश सभाको विशेष अधिवेशन रोकिएन । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखले टेलिफोन गरी राजीनामाको जानकारी गराएको तर पत्र प्राप्त नभएको भन्दै बैठक सुरू गरे । बैठकमा विपक्षी गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता कनोडियाले मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वास प्रस्ताव पेश गर्दै भावी मुख्यमन्त्रीको रूपमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरे ।

बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान

प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पत्र प्राप्त भएपछि बैठक स्थगित गरिएको छ । प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका छन् ।

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका छन्। लुम्बिनीमा कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखसहित), जसपाका तीन र जनमोर्चाका एक गरी ४१ सांसद छन्। यस्तै, मुख्यमन्त्री पोखरेको पार्टी एमालेका ३८ सांसद छन् ।

यसअघि विपक्षी गठबन्धनले ६ वैशाख र २६ वैशाखमा पनि पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । ६ वैशाखमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न १९ वैशाखमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर, १९ वैशाखमै राजीनामा दिएर केही घण्टा कामचलाउ मुख्यमन्त्री बनेका पोखरेलले सोही दिन तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै सरकारी निवासमा बोलाएर बहुमतप्राप्त दलको नेताका रूपमा मुख्यमन्त्रीको सपथ लिएका थिए ।

२६ वैशाखमा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बोलाउन तत्कालीन प्रदेश प्रमुख यादवले अस्वीकार गरेका थिए ।

८७ सदस्यीय प्रदेशसभामा हाल ८० सदस्य मात्र छन् । नेकपा विभाजनपछि एमाले प्रवेश गरेका दुई सांसदलाई माओवादी केन्द्रले कारवाही गरी बखास्त गरेको थियो । यसतै, एमालेतर्फ अमर डाँगी र सूर्य चिन्ह लिएर निर्वाचन जितेका दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए। यसैगरी, पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको उल्लेख गर्दै जसपाले आफ्ना तीन सांसदलाई दोस्रोपटक कारवाही गरी बर्खास्त गरेको छ ।

बुधबार, साउन २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.