• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, महामारी नियन्त्रण पहिलो प्राथमिकता


आइतबार, साउन २४, २०७८ मा प्रकाशित

काठमाडौं- संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त रूपमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्।

कार्यदलका संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले कार्यक्रमबारे जानकारी दिँदै सरकारको पहिलो प्राथमिकतामा कोभिड महामारी नियन्त्रण हुने बताए। ‘संयुक्त सरकारको मुख्य प्राथमिकता कोभिड-१९ महामारीमा नागरिकको जीवन रक्षा गर्ने हुनेछ,’ खड्काले भने।

सरकारले कोभिड महामारीका कारण थलिएका उद्योग, व्यवसाय, पर्यटनलगायत क्षेत्रलाई पुनः लयमा फर्काउन सरकार प्रतिबद्ध रहने उल्लेख गरे। सबै नागरिकलाई खोप उपलब्ध गराउने विषयलाई पनि साझा न्यूनतम कार्यक्रममा प्राथमिकता दिइएको छ।

त्यसक्रममा संयोजक खड्काले कोरोना महामारीबीच तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थाउपर कानूनी कारवाही गरिने बताए।

उनले आगामी असोजसम्म एक तिहाइ नागरिकलाई र चैतसम्म सबै नागरिकलाई निःशुल्क रूपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पनि सरकारको कार्यक्रम रहेको पनि बताए।

कोरोनाविरुद्धको खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गरिने, स्वास्थ्यकर्मी प्रोत्साहन भत्ता उपलब्ध गराइने, अस्पतालको भौतिक पूर्वाधारमा विकास गर्नेलगायत नीति वर्तमान संयुक्त सरकार अघि सारेको पनि बताइएको छ।

यस्तै, सरकारले लामो समयदेखि अल्झेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको विवाद समाधानलाई प्राथमिकतामा राखेको छ। यसअघि संघीय संसद्मा राष्ट्रिय एकता प्रदर्शन गर्दै उक्त क्षेत्रलाई नेपालको भूभागमा समेट्दै नक्सा सार्वजनिक भएको थियो।

खड्काले समाधान हुन बाँकी सीमा विवाद समाधान सरकारको प्राथमिकतामा रहेको बताए। ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमा समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने। सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा सुरक्षा चौकी (बीओवी) वृद्धि गर्ने,’ सरकारका कार्यक्रममा उल्लेख छ। स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरिने उनले बताए। कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत छिमेकी मुलुकसँग बाँकी रहेका सीमा विवाद समाधानका लागि पहल गरिने उनले उल्लेख गरे।

आइतबार, साउन २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.