• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

तरुण दललाई पहिलो नम्बरको संगठन बनाउन डा आरजु राणाको निर्देशन


    Avatar photo
शनिबार, चैत ११, २०७९ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिनुभएको छ ।

Advertisement

नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उहाँले पार्टी र सङ्गठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताउनुभयो ।

अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने उहाँले बताउनुभयो ।

“अब पार्टीलाई पहिलो बनाउनका लागि हरक्षण कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषय तरुणहरूका लागि चुनौती हो”, उहाँले भन्नुभयो, “भोट हाल्ने दिनमा घण्टी, हलो र सूर्यलाई हाल्ने अनि अरु बेला कांग्रेस भनेर हिँड्नुको अर्थ छैन ।”

अरु जिल्लामा घण्टी कांग्रेस धेरै सुनेको भए पनि काभ्रेपलाञ्चोक जिल्लामा सूर्यमुखी कांग्रेस धेरै भएको उहाँको भनाइ थियो । पार्टीलाई एकताबद्ध बनाउनका लागि तरुण दलले भूमिका खेल्न आवश्यक रहेको उहाँले धारणा राख्नुभयो ।

तरुण दल पार्टीको मेरुदण्ड भएको र जनतालाई कांग्रेसको सोचको पक्षमा उभ्याउँदै राष्ट्रप्रतिको समर्पित भाव, लोकतन्त्र तथा समाजवादप्रतिको आस्थालाई एकत्रित गर्नका लागि सङ्गठन एकढिक्का भएर लाग्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

सो क्रममा उहाँले कोभिडका कारण समस्यामा पुगेको अर्थतन्त्र उकास्नका लागि योजना ल्याएर सरकारलाई सहयोग गर्नसमेत उहाँले सुझाव दिनुभयो ।

नेपाल तरुण दलका पूर्वसभापति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले पछिल्लो समयमा नयाँ पुस्ताका युवाले नयाँ पार्टीमा भोट हालेर गरेको गल्तीबाट पाठ सिकेर आफ्नो पार्टीमै फर्काउने परिस्थिति निर्माण गर्नका लागि तरुण दल र नेविसङ्घलाई भूमिका खेल्न आग्रह गर्नुभयो ।

अझै पनि तरुण दल, महिला सङ्घ र नेविसङ्घ केन्द्रलाई छिट्टै पूर्णता दिनका लागि पार्टीले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ । निर्वाचन सकिएको चार महिना बितिसक्दासमेत अहिले पनि सरकार बनाउनेतर्फ नै केन्द्रित हुनुपर्ने अवस्था रहेको भन्दै अब पार्टीले त्यसलाई छिट्टै टुङ्ग्याएर पार्टी सङ्गठन निर्माणमा केन्द्रित हुन पार्टी नेतृत्वले सोच्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल तरुण दलका केन्द्रीय सभापति विद्धान गुरुङले सङ्घ र प्रदेश तथा स्थानीय तहको निर्वाचनमा तरुण दल भूमिका महत्वपूर्ण भएको भन्दै उहाँले निर्वाचनमा अन्तरघात गर्ने नेता र कार्यकर्तालाई पार्टीमा बसिरहन छुट नभएको बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवं बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले तरुण दलको विधानअनुसार सङ्गठन विस्तार गर्दै पार्टीको नीति र योजनालाई कार्यान्वयन गर्नका लागि दृढ भएर लाग्न आग्रह गर्नुभयो । जिल्ला समितिलाई पूर्णता दिँदै सबै पालिका र वडामा समेत सङ्गठन निर्माण गर्दै सक्रिय भएर पार्टी निर्माणमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, रामहरि खतिवडा, बहादुरसिं तामाङ, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इँ, क्षेत्रीय सभापति दिनेश लामा, चन्द्र लामालगायतले धारणा राख्नुभएको थियो ।

आज सम्पन्न भएको बृहत तरुण भेलाले सुजन लामाको सभापतित्व र उपसभापति सचेत दुवाल र विजेन रञ्जित उपसभापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा सचिवमा सुरज तिमल्सिना र स्मारिका तामाङ, सहसचिवमा राजेश जिम्बा, देवसिंह लामा, सन्दीप अर्याल र मिलन लामा, कोषाध्यक्षमा रामशरण पराजुली कोषाध्यक्ष एवं सहकोषाध्यक्षमा शेरबहादुर वाइबा चयन भएका छन् ।

शनिबार, चैत ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नारायणगढ-मुग्लिन सडक खुल्यो
हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन
धनगढीमा कोमात्सु आधिकारिक स्पेयर पार्ट्स आउटलेट सञ्चालनमा
पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.