• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

समुद्रपार व्यापारमा कोरोना विपद् : कन्टेनर अभाव, बढ्यो ढुवानी भाडा


    Avatar photo
आइतबार, असार ०६, २०७८ मा प्रकाशित

वीरगञ्ज । कोरोना महामारीका कारण ढुवानी शृंखला प्रभावित हुँदा नेपालको समुद्रपार व्यापारमा ढुवानी लागत बढेको छ ।

Advertisement

कन्टेनर अभाव र बन्दरगाहमा अत्यधिक जामलाई कारण देखाएर सिपिङ कम्पनीहरूले समुद्री भाडा ३ देखि ५ गुणासम्म बढाएका छन् ।सिपिङ कम्पनीले भाडा ह्वात्तै बढाएको आयातकर्ता आशिष लाठले बताए ।

सबैजसो कम्पनीले वस्तुको उत्पत्ति र ढुवानी गन्तव्यका आधारमा भाडा बढाएको वीरगञ्ज उद्योग वाणिज्य संघका सचिवसमेत रहेका लाठको भनाइ छ ।

चिनियाँ बन्दरगाहबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्मको प्रतिकन्टेनर भाडा अहिले ३ हजार ८ सय अमेरिकी डलर तिर्नुपरेको जानकारी लाठले दिए । ‘कोरोना महामारी शुरू हुनुअघि यो भाडा २ हजार डलरसम्म थियो । १ महीनाअघिसम्म पनि २ हजार ९०० डलरमा मालसामान आएको थियो,’ उनले भने ।

गतवर्षको बन्दाबन्दीलगत्तै सिपिङ कम्पनीले भाडा बढाएका हुन् । भारतीय बन्दरगाहबाट नेपालका गन्तव्यसम्मको रेल भाडा भने बढेको छैन ।

भारतीय बन्दरगाहदेखि वीरगञ्जसम्मको प्रतिकन्टेनर रेल भाडा १ हजार डलर हाराहारी छ । यसआधारमा चीनबाट ल्याउने कन्टेनरमा समुद्री भाडा ३ गुणासम्म बढेको आयातकर्ता बताउँछन् ।

युरोप र अमेरिकाबाट आयाता हुने मालसामानमा हप्तैपिच्छे भाडा बढिरहेको व्यावसायी ओमप्रकाश मोर बताउँछन् । अहिले चीनबाट ती मुलुकमा मालसामानको निर्यात बढेको र त्यहाँका बन्दरगाहमा कन्टेनरको जाम लागेकाले भाडा बढ्न गएको मोरको भनाइ छ ।

ती देशबाट ल्याइने कन्टेनरमा विगतको तुलनामा ५ गुणासम्म भाडा बढेको आयातकर्ता बताउँछन् । कतिपय सिपिङ कम्पनीले कन्टेनर गन्तव्यसम्म नपुर्‍याएर बाटैमा अनलोड गरेको भोगाइ व्यावसायीहरूको छ ।

समुद्री बन्दरगाहमा कन्टेनरको जाम बढेकाले सिपिङ लाइनले आयातकर्तासित कन्जेशन सर्चार्ज लिइरहेको नेपाल फ्रेट फर्वाडर्स एशोसिएशनका उपाध्यक्ष नरेश अग्रवालले बताए । सिपिङ कम्पनीले दक्षिण–पूर्वी एशियाका देशमा हुने ढुवानीमा प्रतिकन्टेनर २०० देखि ३०० अमेरिकी डलरसम्म यस्तो चार्ज गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका सहसचिव सुशान्त चाचान बताउँछन् ।

अहिले म्यानमारबाट वीरगञ्जसम्मको ढुवानी भाडा दोब्बर पुगेको आयातकर्ता चाचानले जानकारी दिए । महामारीअघि एक कन्टेनरको १ हजार ७ सय अमेरिकी डलरमा हुने ढुवानीका लागि ३ हजार ४ सय डलर तिर्नु परेको उनले बताए ।

दक्षिण अमेरिकाबाट कोलकाता बन्दरगाहसम्मको भाडा एक कन्टेनरमै ४०० डलरसम्म बढेको चाचानको अनुभव छ । महामारीले निम्त्याएको अप्ठ्यारो अवस्थामा सिपिङ कम्पनीले अपारदर्शी तरीकाले भाडा बढाइरहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् ।

‘महामारी र बन्दाबन्दीको बेला कन्टेनर पाउनै कठिन छ । कतिपय सिपिङ लाइनले कृत्रिम अभाव देखाएका छन्,’ संयोजक टेमानीले आर्थिक अभियानसित भने । कोरोना संक्रमण शुरू भएयता भारतबाट निकासी स्वात्तै घटेपछि कन्टेनर त्यतै थुप्रिँदा पनि अभाव बढेको बुझाइ टेमानीको छ ।

भारत दक्षिणपूर्वी एशियाकै प्रमुख बजार र निर्यातकर्ता पनि भएकाले त्यहाँबाट निकासी प्रभावित हुँदा कन्टेनर अभाव र भाडा वृद्धिमा बल पुगेको मत आयातकर्ता सुरेश रुंगटाको पनि छ । महामारीका कारण उत्पन्न असहजतालाई कतिपय कम्पनीले कमाउने मौका बनाएका छन् ।

एक महीनाअघिमात्रै भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले आयातकर्तालाई हैरानी दिने २ सिपिङ कम्पनीसित कारोबार नगर्न आयातकर्तालाई सार्वजनिक रूपमै आग्रह गरेको थियो । महावाणिज्य दूतावासले रिभर एज सिपिङ प्रालि र रिगल कन्टेनर लाइनमार्फत कन्टेर ढुवानी नगर्न सूचना नै निकाल्नु परेको थियो ।

ती कम्पनीका सम्पर्क व्यक्तिले आयातकर्तासित बारम्बार अतिरिक्त शुल्क दाबी गरेको र आयातकर्ताको मालसामान अलपत्र पारेर जरीवाना बढाउने काम गरेको भेटिएको महावाणिज्य दूतावासले बताएको थियो । आर्थिक अभियान

आइतबार, असार ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.