काठमाडौं- काठमाडौंस्थित भारतीय दूतावासले नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) लाई एउटा एम्बुलेन्स प्रदान गरेको छ।
Advertisement
दुवै देशमा पर्वतारोही नायकहरूबीचको सुमधुर सम्बन्ध रहेको संकेतस्वरूप उक्त एम्बुलेन्स प्रदान गरिएको दूतावासले जनाएको छ।
भारतीय सेनाको एभरेस्ट मिसनका टिम लिडर कर्णेल थापाको नेतृत्वको टोलीले शनिबार लैनचौरस्थित दूतावासमा आयोजित कार्यक्रमबीच उक्त एम्बुलेन्स एनएमएलाई हस्तान्तरण गरेको हो।
एनएमएका अध्यक्ष सन्तवीर लामाले उक्त एम्बुलेन्सको साँचो ग्रहण गरेका थिए।