काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Advertisement
महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन् । देशका अन्य भेगमा केही दिन मौसम सफा रहने छ ।
दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।