• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्नेछ : अध्यक्ष प्रचण्ड


मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

ललितपुर : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन।

Advertisement

वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताए।

निर्वाचनमा प्रष्टरुपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उनले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने स्पष्ट पारे। उनले विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान हुँदै अगाडि बढेको नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताए।

उनले भने, ‘यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन। यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो।’

अध्यक्ष दाहालले वाम लोकतान्त्रिक गठबन्धन परिवर्तनको पक्षमा तथा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खडा भएको र अर्को गठबन्धन जनविरोधी र प्रतिगमनका पक्षधर रहेको आरोप लगाए।

उनले विपक्षी गठबन्धनले तालमेल भने पनि खासमा त्यो गठबन्धन नै रहेको भन्दै त्यहाँ रहेका अनुहार र प्रवृत्ति कस्ता छन् भन्ने कुरा पनि स्पष्ट रहेको बताए। उनले भने, ‘अर्को गठबन्धन र हाम्रो गठबन्धन कस्तो छ भन्ने कुरा प्रष्ट छ । संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशी समानुपातिक मान्यतासहित सङ्घीयताको रक्षा गर्ने प्रष्ट उद्देश्य छ । हामीले गठबन्धन बनाउँदै गर्दा प्रष्ट नै गरेका थियौ । त्यसमा हामी प्रतिवद्ध छौ ।’

संविधान, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियताको रक्षा गर्ने पुनित उद्देश्यका साथ गठबन्धन बनाइएको उनको भनाइ छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समावेशी र समानुपातिक मान्यतासहित स्थापना भएको लोकतन्त्रको सम्वद्र्धनका लागि पनि आफुहरुको गठबन्धनले जित हासिल गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।

उनले सत्तारुढ गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताले कुनै दुविधा नराखी एक अर्काको निर्वाचन चिन्हमा मतदान गर्न आग्रह गरे। ‘नेपाली कांग्रेस र कम्युनिस्ट नमिलेको भए पञ्चायती निरंकुशता ढल्ने थिएन । हामीले देखे भोगेको र सहभागी भएकै हो,’ उनले भने, ‘कांग्रेस र कम्युनिस्ट मिलेर नै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि औपचारिक प्रक्रिया शुरु भएको हो । यो सामूहिक निर्णयका रुपमा आएको हो । जुन दिन शान्ति सम्झौतामा हस्ताक्षर गरियो त्यही दिन, रुख र हसिया हथौडामा एक अर्काले छाप लगाएको हो।’

तत्कालीन सात राजनीतिक दल र माओवादी एक आपसमा नमिलेको भए देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जान्थ्यो र ? भन्ने प्रश्न उनले गरे।

उनले निरंकुशतालाई पराजित गर्ने उद्देश्यका साथ गठन भएको गठबन्धनले स्थानीय तहको निर्वाचनमा चोटिलो प्रहार गरेको तथ्य स्मरण गराए। उनले कुनै पनि हिन भावना नराखी एक अर्का दलले गठबन्धनका उम्मेदवारलाई खुसी भएर मतदान गर्न आग्रह गरे।

आफू राष्ट्रको पक्षमा दह्रोरुपमा उभिएर संविधान जारी गर्न सफल भएको तथ्य पेश गर्दै उनले यसपटकको निर्वाचनलाई पनि पूर्णरुपमा सफल बनाउन र एकढिक्का भएर जनतालाई विजयी गराउनुपर्ने बताए। निर्वाचन सफल भएपछि गठन हुने गठबन्धनको सरकारले आर्थिक विकासको प्रक्रिया अगाडि बढाउने उनले विश्वास व्यक्त गरे।

मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

भर्खरै

  • १.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • २.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ३.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ४.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ५.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ६.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ७.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ८.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.