वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ। पाँच हजार रूपैयाँ घुस रकमसहित सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको हाे।
Advertisement
अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई ५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।
सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ।
उनले १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको छ।