• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

क्षतिपूर्ति माग गर्नु पर्ने सरकार ऋण लिँदै


आइतबार, असोज ३०, २०७९ मा प्रकाशित

काठमाडौँ । १३ भदौ २०७९ मा नेपाल सरकार र विश्व बैंकबीच १० करोड अमेरि डलर अर्थात झण्डै १३ अर्ब नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड)का लागि यो ऋण सम्झौता भएको हो ।

Advertisement

यस ऋणको लक्ष्य भनेको नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशीतर्फ अग्रसर हुन सहयोग गर्नु रहेको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका छन् ।

ग्रीड डीपीसीको यस पहिलो चरणको सहयोगमा प्राकृतिक पुँजीको दिगो र उत्पादक प्रयोग, शहरी तथा ग्रामीण पूर्वाधार, मानव पुँजी र जीविकोपार्जनको क्षेत्रलाई जलवायु तथा वातावरणीय जोखिमविरुद्ध उत्थानशीलता र थप छरितो र स्वच्छ उत्पादन खपत बढाउने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

यस्तै, कोरोना महामारीपछि आएको यस सहुलियत ऋणका कारण जल, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, सहरी फोहोर र प्रदुषणलगायतका क्षेत्रमा खर्च गर्ने सरकारको योजना छ । सहसचिव अर्यालले भने कोरोना महामारीबाट आर्थिक पुनरुत्थानका साथै विद्यमान विपद् जलवायु तथा वातावरणीय जोखिमलगायत जटिल बन्दै गएको नेपालको विकाससम्बन्धी चुनौतीलाई कम गर्न ऋण सहयोग प्रभावकारी हुने बताए ।

ग्रीडअन्र्तगत तीन चरणमा प्राप्त हुने सहुलियत ऋणमध्येको यो पहिलो चरण हो । तर, वातावरण अभियन्ता भने सरकारले यो ऋण लिन नहुने पक्षमा छन् । तीन दशकदेखि जलवायु परिवर्तन र यसका असरबारे चर्चा शुरु भए पनि अहिले विस्तारै नागरिकले यसमा चासो दिन थालेका छन् । मानव सिर्जित जलवायु परिवर्तनका कारक विस्तारै बढिरहेको अध्ययनले देखाएको छ ।

पेरिस सम्झौताअनुसार विकसित राष्ट्रहरू बढी मात्रामा जलवायु परिवर्तनका स्तर वृद्धि गर्नका लागि जिम्मेवार रहेको भन्दै कम विकसित राष्ट्रहरूलाई क्षतिपूर्ति दिने हिसाबले जिसिएफ फण्ड तयार पारिएको छ । तर, विकसित राष्ट्रहरूले उक्त फण्डमा जम्मा गर्नु पर्ने रकम जम्मा गरेका छैनन् ।

वातावरण अभियन्ता प्रयास अधिकारीका अनुसार नेपालले जलवायु प्रकोपको असर भोगिरहेका छन् । विकसित देशले जलवायुमा असर पारेबापत नेपाल सरकारले एकातिर क्षतिपूर्ति माग गरिरहेको छ भने अर्काेतर्फ ऋण लिइरहेको छ । उनका अनुसार सरकारले त्यो ऋण लिन नहुने हो । किनकी त्यो क्षतिपूर्ति पाउनु पर्ने हाम्रो अधिकार हो ।

जिसिएफबाट नेपालले क्षतिपूर्ति नपाएको होइन । चुरे संरक्षण, गण्डकीमा सुधारिएको चुलोका लागि सहयोग लिएको छ । तर, त्यो ८० प्रतिशत समुदायसम्म पुग्नु पर्ने भए पनि पुग्न सकेको छैन । नागरिकमा अझै पनि जलवायु परिवर्तनले पारेको प्रभाववारे ज्ञानको कमी छ ।

‘जलवायु परिवर्तनले मलाई असर गरिरहेको छ तर, यसको क्षतिपूर्तिका लागि सरकारसँग माग गर्नु पर्छ भन्ने थाहा छैन, सरकारले भने निरन्तर ऋण लिइरहेको छ, जुन पारदर्शी छैन,’ अभियन्ता अधिकारीले भने ।

सरकारले वल्ड्र बैंकसँग लिएको ऋण हैन भनिरहेको छ । वल्ड्र बैंकले ३८ वर्षलाई समय तोकिएको छ । ६ वर्षसम्म ग्रेस गरेर ४४ वर्षसम्म रिपेमेण्ट पिरियड राखिएको छ । त्यतिमात्र हैन वर्षेनी सरकारले २०२८ बाट ०.७५ प्रतिशत सर्भिस चार्ज भनेर तिर्नु पर्ने भनिरहँदा कसरी ऋण भएन भनेर वातावरण अभियन्ताहरूले प्रश्न उठाएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी सरकारले गरेको जनचेतना फैलाउने काम भने प्रभावकारी देखिएको वातावरण अभियन्ताहरू बताउँछन् । तर, सरकारले क्षतिपूर्ति माग गरेकोमा अडिग हुनु पर्नेमा ऋण लिँदा अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक प्रभाव पर्ने उनीहरू बताउँछन् ।

  • सरकार
आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.