काठमाडौं- मुस्ताङ थासाङ गाउँपालिका-४ बेनी-जोमसोम-कोरोला सडक खण्डस्थित घोप्टे भिरमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ ।
Advertisement
दैलेख दुल्लु नगरपालिका-३ र्याखलेखोला,चामुण्डाबिन्द्रासैनी नगरपालिका-९ पादुका र सोही नगरपालिका-७ चिसाखोला स्थित कर्णाली राजमार्गमा शनिबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ ।
दार्चुला शैल्यशिखर नगरपालिका-६ पनेबांजस्थित गोकुलेश्वर-दार्चुला सडक-खण्डमा आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ ।
दाङ घोराही उपमहानगरपालिका-१७ सिस्ने खोलास्थित घोराही-बङ्लाचुली सडक खण्डमा आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ ।
डडेलधुरा गन्यापधुरा गाउँपालिका-२ स्थित दिपायल सडक-खण्ड र सोही गाउँपालिका-१ शहुखर्कस्थित धनगढी सडक खण्डमा आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ ।