काठमाडौँ । काठमाडौँदेखि धादिङबेँसी रुट भएर चल्ने सवारी साधनले बढी भाडा लिन नपाएको भन्दै बस चलाउन बन्द गरेको छ । बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरूले धादिङबेँसी जाने बस चलाउन बन्द गरेको हो ।
Advertisement
बस नचलेपछि यात्रुहरू अलपत्र परेका छन् । गन्तव्यमा जान निस्किएका यात्रुहरू बिहानैदेखि बसपार्क क्षेत्रमा अलपत्र परेका छन् । विवाद उत्पन्न भएसँगै अधिक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
बस सञ्चालन गर्नेबारे सरोकारवाला पक्षबीच वार्ता भइरहेको छ ।