काठमाडौँ । विवेकशील साझा पार्टी छाडेका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन् । उनलाई पार्टीमा भित्र्याउन राप्रपाले बुधबार सभा आयोजना गरेको हो ।
Advertisement
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत मिश्रलाई पार्टी प्रवेश गराउन घोषणा सभा हुने जानकारी दिएका हुन् । यसअघि विवेकशील साझा पार्टीमा हुँदा मिश्र ‘विचारभन्दा माथि देश’ दस्तावेदका कारण विवादमा आएका थिए ।
पार्टीको विवाद साम्य नहुँदै मिश्रले केही समयअघि पार्टी परित्याग गरेको घोषणा गरेका थिए । त्यसपछि उनी राप्रपा प्रवेश गर्न छलफल गर्दै आएका थिए ।