• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौँ पुग्ने यात्रुलाई सास्ती, भन्छन् : यात्रामा युद्घ लडेसरह संघर्ष गर्नु पर्छ


    Avatar photo
आइतबार, भदौ २६, २०७९ मा प्रकाशित

काठमाडौँ । राजमार्गका बीच सडकमा ठूला–ठूला खाल्डा, कतै खेतका डिल जस्ता उडुल्को । कतै हिलाम्मे । कतै सडकै नदेख्ने गरी धुलाम्मे । यही अव्यवस्थित सडकका कारण धेरैले ज्यान गुमाइसके ।

Advertisement

हरेक दिन घण्टौको जाममा पर्नु पर्ने बाध्यताको कुरै नभनौँ । जीर्ण बन्दै गरेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ सडक खण्डबाट ६५ जिल्लाका यात्रुहरू हिँड्ने गर्दछन् । यात्रुहरू भन्छन्, ‘गन्तव्यमा पुग्न युद्ध लडे सरह संघर्ष गर्नु पर्छ ।’

धादिङका राजेश रम्तेल काठमाडौँमा जागिरे छन् । उनी शुक्रबार धादिङ आएर आइतबार राजधानी फर्किन्छन् । तर, राजमार्गका जीर्ण सडकले गन्तव्यमा पुग्ने टुङ्गो नहुने उनी बताउँछन् । राजमार्गका सडकहरू दुर्घटनाको मूख्य कारण हो ।

‘गत साता मात्रै मेरैअगाडि एउटा मोटरसाइकल पृथ्वी राजमार्गको बीच सडकको खाल्टोमा पर्याे, हिलोमा चिप्लेर गल्र्याम्मै ढल्यो, धन्न तीव्र गतिमा रहेको अर्काे सवारी साधनले किचेन, उनको ज्यान बच्यो,’ उनले भने, ‘सम्झिँदा जिउँ ढक्क फुलेर आउँछ, सडकका कारण राजमार्गको यात्रामा पाइला पाइलामा जोखिम छ ।’

गत आइतबार पनि उनी हिलोले निथ्रुक्क भिजेर काठमाडौँ पुगेको बताउँछन् । बर्खाको समय पानी परेपछि राजमार्गमा भल र हिलोले भरिन्छ । ‘घाम लाग्यो धुलाम्मे हुन्छ, पानी पर्याे हिलाम्मे, आइतबार एक्कासी पानी पर्याे, राजमार्गका ठाउँठाउँमा हिलोले सडक ढाक्यो,’ उनले भने, ‘मोटरसाइकल र साना सवारी साधनका यात्रुलाई काठमाडौँ छिचोल्न ठूलै युद्ध लडे सरह संघर्ष गर्नु पर्छ, सरकारको ध्यान कहिले जाला ।’

पोखराका कृष्ण श्रेष्ठ त्रिभुवन राजपथस्थित सुरुङ मार्ग नजिकै जाममा भेटिए । जाममा फसेका उनी काठमाडौँ पुग्न हतारोमा देखिन्छन् । बिग्रेको सडक र जामले आजित बनेको श्रेष्ठ बताउँछन् । अहिले तीन तहको सरकार छ । उनले भने, ‘तर सरकार छ भन्ने आभाष जनताले गर्न पाएका छैनन्, देशकै मुख्य राजमार्गमा परेको खाल्डाखुल्डी पुर्न सकेको छैन, सडक भत्किएर बिजोग छ, काठमाडौँ भित्रिने नागढुंगामा घण्टौं जाममा बस्नु पर्ने बाध्यता छ, नागरिक सडकका कारण दुर्घटना र जाममा फसेका छन्, सरकार बेकामको बनेको छ ।’ श्रेष्ठ दुई दशकदेखि ड्राइभिङ पेशामा छन् ।

गोरेटो, कच्ची सडक, ग्रावेल हुँदै पिच तथा ढलान गरेर सडक निर्माण गरिए । नागरिकले सेवा त पाएका छन् । तर दुःख र सास्ती उस्तै रहेको श्रेष्ठ बताउँछन् । बिग्रेका सडक बेलैमा मर्मत हुन नसक्दा चालक तथा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उनले भने, ‘जीर्ण बनेका सडक मर्मत भएका छैनन्, सुरुङ मार्ग कहिले बनिसक्ने पत्तो छैन, सधै सुरुङ मार्गलगायत ठाउँमा घण्टौँ जाम हुन्छ, बाटो चौडा बनाउने कुरा नेताहरुको बोलीमै सिमित बने, वैकल्पिक बाटो बन्दैछ भनेको एकादेशको कथा जस्तै बन्यो, यात्रुहरु चिप्लेर लडेजस्तै नेता नलडी ब्यूझिदैनन् कि ।’

गोर्खाकी श्रीया गुरुङलाई देशको राजधानी काठमाडौँ जाने काम प¥र्याे भने टाउको दुख्छ । अत्यास लाग्दो बाटोले पिरोल्ने गरेको बताउँछन्, उनी । जागिरै फिल्डको छ, नजाउँ पनि भएन । ‘काठमाडौँ गइराख्नु पर्छ, तर राजमार्गको बाटो मुुटु छाम्नु पर्ने छ, बिग्रेको सडकमा पिङ खेले जस्तै गरी यात्रा गर्नु पर्छ,’ उनी भन्छिन्, ‘अब दसै तिहार जस्ता ठूल्ठूला पर्व नजिकिदै छ, सम्झिँदा दिक्क लाग्छ, कसरी यात्रा गर्ने होला, सरकार बिग्रेको बाटो जोगाउ, भवितव्य हुने दुर्घटनाबाट नागरिक आफै जोगिने छन् ।’

दुर्घटनाको मुख्य कारण सडक

धादिङअन्तर्गत पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा आर्थिक वर्ष २०७८-०७९ मा दुई सय ७४ वटा सवारी दुर्घटनामा परी ५३ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ गजुरीका प्रमुख प्रहरी निरीक्षक गणेश राज उप्रेतीले बताए ।

एक सय ८३ जना गम्भिर र चार सय ७७ जना सामान्य घाइते बने । उनले भने, ‘यो आर्थिक वर्ष साउनदेखि भदौको २० गतेसम्म २८ वटा सवारी दुर्घटनामा परी सात जनाले ज्यान गुमाइसके, सात जना गम्भिर र ३४ जना सामान्य घाइते भए ।’

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै दैनिक १३ हजारभन्दा बढी सवारी संघीय राजधानी काठमाडौँ ओहोरदोहोर गर्ने गरेको उप्रेती बताउँछन् । दुर्घटना पनि उत्तिकै भइरहेका छन् । ‘मुख्यतः चार कारणले सवारी दुर्घटना हुने गर्दछ, सडक, मानवीय, यान्त्रिक र प्राकृतिक, जसमध्ये सडक पनि एउटा प्रमुख कारण हो,’ उनले भने, ‘सडक सञ्जालका खाल्डा पुर्ने, घुम्ती सडक र साँगुरो सडक विस्तार गर्ने जस्ता काम गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुन्छ ।’

नेपालीहरुको महान पर्व दसै तिहार, छठ जस्ता चाडपर्व नजिकिदै छ । तर, राजमार्गको हालत खराब छ । उनले भने, ‘मर्मत कार्यका लागि हामीले पनि पहल गरिरहेका छौँ, केही ठाउँमा भएका पनि छन्, धेरै ठाउँका सडक मर्मत हुन बाँकी छ, दसै तिहार, छठअघि सडक मर्मत हुन नसके धेरै यात्रुले जोखिम र सास्तीको सामना गर्नु पर्ने छ ।’

सडक मर्मतसँगै नयाँ पिचमा प्राथमिकता

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतका सडक सञ्जालमा नियमित मर्मत कार्य भइरहेको नागढुंगा मुग्लिन सडक आयोजनाका आयोजना प्रमुख किरण कार्कीले बताए । यी दुई राजमार्गमा यात्रा गर्न सकस र जोखिम नै छ ।

‘जति मर्मत ग¥यो उति बिग्रन्छ, म आफैलाई पनि चित्त बुझेको छैन, नौबिसे नागढुंगा सडक खण्ड पहिलेदेखि नै बिग्रको हो, वर्षातका कारण अहिले झन समस्या छ,’ उनले भने, ‘साउनको पहिलो सातादेखि हामीले नियमित मर्मत कार्य गरिरहेका छौँ, दसै तिहारअघि फेरि मर्मत गर्छाैं ।’

सडक मर्मत मात्र होइन छिट्टै नयाँ पिचको कार्य सुरु हुने कार्कीले बताए । ठेक्का खुलिसकेको छ । उनले भने, ‘दुई वर्षभित्रमा नोबिसे नागढुंगा सडक खण्ड र तीन वर्ष भित्रमा धादिङमा पर्ने पृथ्वी राजमार्ग सडक खण्डमा नयाँ पिच सम्पन्न हुन्छ, भत्काएर पूरै नयाँ पिच गर्ने कार्य छिट्टै शुरु हुन्छ, अब यात्रु तथा सवारी चालकले लामो समय जोखिम र सास्ति ब्यहोर्नु पर्ने छैन ।’

यस्तो छ वैकल्पिक बाटो

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा दिनहुँ जसो दुर्घटना हुने गर्दछ । जसमध्ये सडक सञ्जाल दुर्घटनाको एउटा मुख्य कारण हो । देशकै राजधानी काठमाडौँ भित्रिने मुख्य राजमार्गमा ज्यानकै जोखिम मोलेर सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।

नौविसे नागढुंगा सडक खण्ड सुरुङमार्ग आसपासका सडक झनै अत्यासलाग्दो बनेको छ । विकल्पको रुपमा मानिएको धार्के ठूलो खोला शितापाइला सडक खण्ड निर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।

०४४ सालमा नयाँ ट्रयाक खोलिएको धार्के ठूलो खोला–शितापाइला सडक खण्ड अहिले पिच तथा बाटो विस्तारको काम भइरहेको छ । दुई वर्षमा सडक निर्माण भइसक्ने सडक डिभिजन नुवाकोटका डिभिजन प्रमुख अमृतमणि रिमालले बताए । यो सडक सीतापाइला–रामकोट–भीमढुंगा–ठूलो खोला–महेशफाँट–बट्टार हुँदै धार्केमा जोडिन्छ ।

‘सडक निर्माण तथा कालोपत्रे गर्न भिमेश्वर÷सगुन कन्स्ट्रक्सन कम्पनीसँग एक वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ, अहिले धार्केबाट कलंकी पुग्न २५ किलोमिटरको दूरी छ,’ उनले भने, ‘दुई लेनको हुन लागेको धार्के–सीतापाइला सडक कूल २४ किलोमिटर रहेको छ, यो सडक राम्रो विकल्प हो, निर्माण सम्पन्न भइसकेपछि नागरिकले सास्ती भोग्नु नपर्ला ।’

  • नागरिक
आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.