• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

दार्चुलामा बाढी : बेपत्ता पाँच जनाको शव भेटियो, अन्यको खोजी हुँदै


    Avatar photo
शनिबार, भदौ २५, २०७९ मा प्रकाशित

दार्चुला । जिल्लामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो ।

Advertisement

गए राति आएको पहिरोले नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । नौगाडमा पहिरोले १२ घर पूर्ण रुपमा क्षति पुगेको छ ।

यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका ३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरु दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख गाहामगरले जानकारी दिए ।

उनीहरुको खोजी भइरहेको छ । डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलकम पूरै क्षति गरेको छ । पावर हाउँस बगाएको छ । निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ ।

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ । महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ ।

लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन् । महाकाली वडा नम्बर ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ ।

दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए । बमका अनुसार पाँच वटा जिप, एक ट्र्याक्टर र एक ट्रली बगाएको छ ।

  • सडक
शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.