• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले


    Avatar photo
बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित

काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिका ५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् ।

Advertisement

व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ ।

आफन्तले ढोरपाटन नगरपालिका ९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन् । उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन ।

बच्चाको धड्कन नसुनिएपछि बुढा मगरले विकलाई ठूलो अस्पताल लैजानु पर्ने सुझाए । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्किन ।

आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माइन् । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुगिन् । उनले विकको बाटोमै सामान्य उपचार गरिन् । ढोरपाटन ल्याइन् ।

अनमी बुढामगर भने, ‘विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।’

विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढा मगरले बताइन् । ‘दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्,’ उनले भने, ‘धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।’ विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउँछन् । अहिले उनको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताए ।

ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उनको भनाइ छ । ‘धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्,’ उनले भने, ‘विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो ।’

ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताउँछन् । ‘कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो,’ उनले भने । समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताए ।

  • दुर्गम
बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण
राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

भर्खरै

  • १.
    लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

  • २.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ३.
    मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

  • ६.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ८.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.