रियाद- ६ वटा खाडी मुलुकले नेटफ्लिक्सलाई इस्लामिक मूल्यविपरीतका सामग्री हटाउन चेतावनी दिएका छन्।
Advertisement
त्यस्ता सामग्री नहटाए नेटफ्लिक्सविरुद्ध कानूनी कारवाही गर्ने चेतावनी ती मुलुकको छ। बहराइन, कुवेत, ओमन, कतार, साउदी अरब र यूएईले संयुक्त वक्तव्य जारी गर्दै त्यस्ता सोहरू हटाउन चेतावनी दिएका हुन्। नेटफ्लिक्सका सोहरूमा प्रस्तुत हुने यौनिक अल्पसंख्यकको यौन कृत्यप्रति आपत्ति रहेको ती मुलुकको भनाइ छ।
ती मुलुकहरू गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)का सदस्य हुन्। वक्तव्यमा कस्ता सामग्री इस्लामिक मूल्यविपरीत रहेको भन्ने उल्लेख छैन। ‘नेटफ्लिक्सलाई सम्पर्क गरेर त्यस्ता सामग्री हटाउन भनिएको छ। हाम्रो निर्देशन पालन गरे–नगरेको अनुगमन गरिनेछ र यदि निर्देशन अवज्ञा गरेको पाइएमा कानूनी कारवाही थालिनेछ,’ वक्तव्यमा उल्लेख छ।