तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ ।
Advertisement
पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरु पालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरु पालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको बताए ।
यसका लागि गाउँपालिकाले हल गोरु पाल्ने किसानको तथ्यांक संकलन गर्ने योजना बनाएको उनले बताए । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।