काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगर १६ मा गएराति सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेका छन् ।
Advertisement
कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आज बिहान पौने ५ बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
गएराति १२ बजे नम्बर खुल्न नसकेको सवारी साधनले उनलाई ठक्कर दिएको र दुर्घटनापश्चात सवारी साधनका फरार चालकको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।